टर्कीमा पुन :नयाँ भूकम्प जाँदा दुई दर्जनभन्दा बढी भवन भत्किए, १ जनाको मृत्यु र ६९ जना घाइते

इनेप्लिज २०७९ फागुन १५ गते १२:१५ मा प्रकाशित

दक्षिणी टर्कीमा सोमबार ५.६ परिमाण(म्याग्निच्युड)को भूकम्प गएको छ । फेब्रुअरी ६ मा आएको विनाशकारी भूकम्पले क्षेत्रलाई तहसनहस बनाएको तीन हप्ता पछि पुन : केही पहिल्यै क्षतिग्रस्त भवनहरू भत्किएका छन् र कम्तिमा एक व्यक्तिको मृत्यु भएको विपद् व्यवस्थापन निकाय(एएफएडि )ले जनाएको छ ।

मलात्या प्रान्तको येसिल्युर्ट शहरमा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी अन्य ६९ जना घाइते भएको एएफएडीका प्रमुख युनुस सेजरले पत्रकारहरूलाई बताए। दुई दर्जनभन्दा बढी भवन भत्किएका छन् ।

येसिल्युर्टका नगर प्रमुख( मेयर) मेहमेट सिनारले हेबरटर्क दूरदर्शन (टेलिभिजन)लाई शहरको चार तले भवनको भग्नावशेषमुनि एक बुबा र छोरी फसेको बताए । दम्पती क्षतिग्रस्त भवनमा सामान लिन पसेका थिए ।

मालत्यामा अन्यत्र, खोजी र उद्धार टोलीहरू दुई क्षतिग्रस्त भवनहरूको भग्नावशेषबाट बाहिर निस्किरहेका थिए । भग्नावशेषबाट त्यही छेउमा राखिएका सवारी साधनका माथि खसेको हेबरटर्कले विवरण दिएको छ ।

फेब्रुअरी ६ मा दक्षिणी टर्की र उत्तरी सिरियाका भागहरूलाई ध्वंश पार्ने ७.८ म्याग्निच्युडको भूकम्पले प्रभावित टर्कीका ११ प्रान्तहरूमध्ये मालत्या पनि थियो।

त्यो भूकम्पले दुबै देशहरूमा ५० ,००० भन्दा बढीको मृत्युको साथै टर्कीमा १,७३,००० भवनहरू ध्वस्त वा गम्भीर क्षति पुर्‍याएको छ ।

फेब्रुअरी ६ यता भूकम्पबाट प्रभावित क्षेत्रमा करिब १० हजार पराकम्पन गएका छन् भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया