पल शाहलाई उच्च अदालतले दियाे सफाई,रिहाई हुँदै

इनेप्लिज २०७९ फागुन १५ गते ०:४७ मा प्रकाशित

काठमाडौं।नाबालिका बलात्कार गरेको अभियोगमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह) ले सफाइ पाएका छन् ।

आईतबार उनलाई उच्च अदालत पोखराले सफाइ दिएको हो। उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले सफाइ दिएको हो । यस अघि तनुहँ र नवलपुर अदालतले शाहलाई बलात्कार मुद्दामा सफाइ दिएकाे थियाे । तर तनहु अदालतले भने बाल यौन दुव्यर्वहारमा भने दोषी ठहर गर्दै साढे २ वर्ष कैदको सजाय सुनाएको थियो ।

तर बाल यौन दुव्यर्वहारमा समेत उनलाई सफाइ दिइएको हो। अदालतले सफाइ दिएसँगै अब उनी रिहा हुने भएका छन् ।

प्रतिक्रिया