मरिण गाउँपालिका, सिन्धुलीमा हाइ स्कुल बिद्यार्थीहरु बीच ‘म रक्तदान गर्नेछु’ निबन्ध प्रतियोगिता आयोजना गरिएको छ । निबन्ध प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेलाइ क्रमस १५ हजार १० हजार र ५ हजार रूपैया पुरस्कार प्रदान गरिएको छ।
निबन्ध प्रतियोगिता सम्पन्न पश्च्यात ६४ जनाले रक्तदान गरेका थिए । एउटा गाउँमा ६० जना भन्दा ज्यादाले रक्तदान गर्नु सामान्य होइन। गाउँपालिका अध्यक्षले रक्तदान गरेर आफ्नो जनतालाइ हौषला प्रदान गरेको २०५ औ पटक रक्तदान प्रदान गर्ने अमेरिकाका बिश्व रक्तदाता अर्जुन प्रसाद मैनालीले बताए ।
उक्त रक्तदान कार्यक्रमको आयोजना मैनाली समाज नेपाल तथा जिल्ला कार्य समिति सिन्धुलीले गरेको थियो । आर्थिक सहयोग मैनालीले गरेका थिए ।
प्रतिक्रिया