बसमा यात्रा गर्दा आफूसँगैको सिटमा एकजना महिला थिइन् । महिलाले लज्जाउदै “दाईको यात्रा कहाँसम्म हो नि ?” भनिन् । मैले “नारायणगढसम्मको हो” भने । “बहिनीको यात्रा कहाँसम्म हो नि ?” मैले सोध्न पुगे । “दाजु म पनि नारायणगढसम्म जान लागेको हुुँ” उनले भनिन् ।
“दाईको घर कहाँ हो नि ?” उनले सोधिन् । “मेरो घर तनहुँ हो” मैले भने । “बहिनीको घर कहाँ हो नि ?” मैले सोधे । “मेरो घर गोरखा हो” उनले भनिन् । “दाई नारायणगढ के काम परेर जान लाग्नु भयो नि ?” उनले सोधिन् । “नारायणगढ म साहित्यिक सम्मान कार्यक्रममा जान लागेको हुँ” मैले भने । “म पनि साहित्यिक कार्यक्रममा जान लागेको हुँ” उनले भनिन् । “हामी एउटै कार्यक्रममा जान लागेको यात्रु सँगैको सिटमा परेछौ नि” मैले भने । “बसको टिकट काट्दा जुराएको रहेछ दाई अब कार्यक्रम सकेर काठमाडौं फर्कदा पनि संगै एउटै बसको टिकट काटेर हामी काठमाडौं फर्कनुपर्छ” ति महिलाले भनिन् ।
सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं
प्रतिक्रिया