विराटनगर,१२ फागुन । महिला ,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले मुलुक बनाउनेतर्फ कर्मचारीहरुले योगदान दिनु पर्ने बताउनु भएको छ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी यूनियन प्रदेश नं १ को ११ औ प्रदेश अधिवेशन–२०७९ को आज यहाँ उ्द्घाटन गर्दैे विद्युत निर्यात गरी व्यापार घाटा कम गर्न आवश्यक विद्युत उत्पादन कार्यमा कर्मचारीहरुले महत्वपूर्ण योदान दिनु पर्ने आवश्यक्त्ता औल्याउनु भयो ।
मन्त्री चौधरीले कामको माध्यमबाट जनतालाई सहज र सरल रुपमा सेवा प्रदान गर्नु कर्मचारीहरुको मुख्य दायित्व भएको विचार राख्नु भयो ।
उहाँले कर्मचारी भनेको स्थायी सरकार भएकोले मुलुकमा केही राजनीतिक अस्थिरता भएमा काममा अवरोध नगर्न समेत आग्रह गर्नु भयो ।
मन्त्री चौधरीले कर्मचारी सेवा सुविधा, हक ,हित, नीति , ऐन र मागका मुद्दा पुरा गराउन पहल गर्ने प्रतिवद्धता समेत व्यक्त्त गर्नु भयो ।
अधिवेशन आयोजक समितिका संयोजक तोयाराम दाहाल,युनियनका केन्द्रीय अधिवेशन संयोजक रामकुमार थेवे, प्रदेश कार्यालयका निर्देशक उमेशकुमार झा पेशागत संगठनका प्रदेश अध्यक्ष देवराज कार्की, आरती साह, लक्ष्मी गौतम दण्डिराज थापा र सविन दाहालले जीवन विमा र ज्यालादारी कर्मचारीहरुको समस्या समाधान गर्न युनियन लागि पर्ने धारणा राख्नु भयो ।
अधिवेशनमा १४ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको छ।
प्रतिक्रिया