भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा गोली चलाउँदा र छुरा प्रहारबाट एक महिला र एक पुरुषको  मृत्यु 

इनेप्लिज २०७९ फागुन १२ गते १७:५१ मा प्रकाशित

अमेर्भकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीमा गोली चलाउँदा र छुरा प्रहारबाट एक महिला र एक पुरुषको  मृत्यु भएको प्रहरीले जनाएका छन।

फेयरफ्याक्स काउन्टीमा  शुक्रबार गोलीको साथै छुरा समेत प्रहार भएपछि २ जनाको मृत्यु भएको प्रहरीले बताए ।

 हर्न्डन क्षेत्रमा  एक महिलालाई उनको घर भित्र छुरा प्रहार गरिएको थियो।

एकजना मानिसलाई त्यही घरभित्र गोली हानीएको र उनि त्यही बस्थे भने उन्को घटनास्थलमै मृत्यु भएको छ ।

अधिकारीहरू  बिहान ८ः३० बजे त्यहा पुगेका र महिलालाई ज्यान जोखिममा रहेको अस्पताल लगिएको थियो र  पछि अस्पतालमा उनको मृत्यु भयो ।

चार वयस्कहरू घरमा बस्थे र  दुईजना मरेनन् भनि फेयरफ्याक्स काउन्टी प्रहरीले जानकारी दिएका छन ।

घरभित्र चार वर्षीय बालक पनि फेला परेको र सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया