अमेरिकाको नर्थ क्यारोलाइनाको बिद्यालयको खेलमा एआर-१५ बन्दुक बोकेका एक किशोर पक्राउ

इनेप्लिज २०७९ फागुन १२ गते १२:३३ मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलाइनाको एक माध्यमिक बिद्यालयको बास्केटबल खेलमा एआर-१५ बन्दुक बोकेका एक किशोरलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार घटना लगभग ८:४० बजे भएको थियो। प्रहरीहरुलाई मिलब्रुक उच्च माध्यमिक बिद्यालयमा बास्केटबल खेल चलिरहेको बेला बन्दुक लिएका एक व्यक्ति देखे पछि प्रहरीहरुलाई त्यहाँ बोलाईएको थियो

“अनुसन्धानको माध्यमबाट र वेक काउन्टी शेरिफको कार्यालय र वेक काउन्टी सरकारी बिद्यालयको सुरक्षाको सहयोगमा संदिग्ध पुरुष किशोरलाई एआर-१५ बोकेको अवस्थामा तुरुन्तै हिरासतमा लिइएयो,” रली प्रहरीले एक विज्ञप्तिमा जनाएका छन ।

किशोर संदिग्ध मिलब्रुक बिद्यालयका विद्यार्थी नभएको अधिकारीहरूले बताए । “रली प्रहरी विभागले हरेक दिन विद्यार्थी र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न वेक काउन्टी सार्वजनिकहरूसँग नजिकबाट काम गर्दछ,” प्रहरी बिज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया