लघुकथा-आजका युवा

अरुणबहादुर खत्री “नदी” २०७९ फागुन १२ गते ११:०४ मा प्रकाशित

एकदिन म आफ्नो कार्यालयबाट घर फर्कदै गर्दा लैनचौरमा पुगेपछि बसबाट ओर्ले । बसबाट ओर्लेपछि आफ्नो घरतर्फ पैदल जाँदै गर्दा ब्रिटिसकाउन्सील अगाडि आफूसँगै स्कुलमा पढ्दाखेरीको साथीको छोरा उभिरहेको थियो । उसले मलाई देखेर “अरुण दाई कहाँ गएर आउनु भएको ?” भन्यो । मैले “अफिसबाट जागिर खाएर घर जान लागेको” भने । “अरुणदाईले मलाई चिन्नु भयो नि ?” भन्यो । मैले “किन नचिन्नु आफ्नो साथीको छोरालाई भने । “अरुणदाई हतार छैन भने एकछिन त्यहाँ गएर बसौ न” भन्यो । उसले त्यसो भनेपछि एकछिन म र उ एउटा घरको अगाडि गएर बस्यौ । हामी दुबैजना बसेपछि उसले “अरुणदाईसँग चुरोट छ कि ? छ भने निकाल्नुस् न मलाई चुरोट खान मन लागेको छ” भन्यो ।

“मैले चुरोट कहिले पनि खान्न भन्ने बारेमा तिमीलाई थाहा छैन तिमी मेरो साथीको छोराले यति सानै उमेरमा चुरोट आफ्नो बाबुको साथीसँग माग्न कति पनि डर लाग्दैन ?” मैले कडा स्वरमा उसँग रिसाउँदै भने । “उसो भए दाई एकछिन हामी यहाँ बसेर कुनै च्वाक केटी आएछन् भने यसो जिस्काउन उसले भन्यो । “अर्काकी छोरीलाई जिस्काउनु राम्रो काम होईन उमेश हामीले अर्काकी छोरीलाई जिस्काएको जस्तै हाम्रो दिदीबहिनीलाई अरुले जिस्काउँदा हामीलाई पनि साह्रै दुःख लाग्छ नि भनेर ऊ मेरो भाउजू पनि आउँदै हुनुहुन्छ म भाउजूसँगै घर जान्छु” भनेर हिँडे ।
भाउजुसँग साथीको छोराले मसँग चुरोट मागेको र केटीलाई जिस्काउन अरुण दाई भनेको कुरा विस्तृत रुपमा सुनाएर गफ गर्दै जाँदा “त्यस्तो मान्छेले कुनै होटलमा गएर केही खाउ भनेर फसाउन सक्छन् बाबु” मलाई भन्नुभयो । भाउजूको भनाई सुनेपछि आफूले चिनेको मान्छेसँग कतै भेटेर बोल्दाखेरी पनि बिचार पु¥याएर मात्र बोल्नु पर्दोरहेछ मैले मनमनै भन्ठाने ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं

प्रतिक्रिया