विराटनगर, ११ फागुन । प्रदेश प्रहरी कार्यालय रानी बिराटनगरको नव निर्मित कार्यालय भवनको आज समुद्घाटन भएको छ ।
प्रदेश नं १ आन्तारिक मामिला तथा कानून मन्त्रालयबाट बजेट विनियोजित भई कुल रु १९ करोड १४ लाख लागतमा साना ठूला गरी ७५ वटा कोठा भएको पाँच तले कार्यालय भवन प्रहरीका लागि अत्यन्त सुविधाजनक भएको छ ।
प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलालेख अनावरण गरी विधिवत रुपमा समुद्घाटन गर्दै भौतिक पुर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने बताउनुभयो । उहाँले सुबिधा सम्पत्र भवन प्राप्त भएसँगै नागरीक सेवामा बिगतका दिनहरु भन्दा प्रभावकारी ढङ्गले अगाडि बढ्न नव निर्मित भवनको योगदान रहने बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले सुरक्षाकर्मी सुरक्षित भएमा मात्र आम नागरिकले सुरक्षाको प्रत्याभुति पाउने हुँदा सुरक्षाकर्मीको सुरक्षामा प्रदेश सरकार सदैव तत्पर रहेको कुरामा जोड दिनुभयो ।
प्रहरी सङ्गठन प्रमुख प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउँदै प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप उत्साह बढेको धारणा राख्नुभयो ।
उहाँले प्रहरीको उच्च मनोबलबाट नै आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरिय हँुदै जाने विश्वास व्यक्त्त गर्नुभयो ।
उहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रहि जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले सुबिधा सम्पत्र भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकूल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पत्र भवन प्राप्त भएसँगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिलेको बताउनु भयो ।
उक्त्त कार्यक्रममा मुख्य मन्त्री कार्कीले भवन निर्माणमा उल्लेख्य योगदान पु¥याउनु हुने निर्माण कम्पनी तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो ।
सोही कार्यक्रममा सङ्गठन प्रमुखले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्नु भएको थियो भने प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनिल रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु गर्नु भएको थियो ।
प्रतिक्रिया