मसँगै स्कुलमा पढ्दाखेरीको साथी किरणलाई भेट्न भनेर उसको घरमा पुगे । किरणको आमाले “कसलाई भेट्न आउनुु भो नि ?” भनिन् । मैले “किरणलाई भेट्न आएको हुँ आमा” भने । “किरण अहिले बाथरुममा नुहाउदैछ एकछिन लाग्छ” साथीको आमाले भनिन् । “हुन्छ आमा म एकछिन कुरेर उभिन्छु नि त” मैले भने । एकछिन म साथीलाई कुरेर उभिइरहे । मेरो साथी किरण नुहाएर सकेपछि मकहाँ आयो र “ए अरुणबाबु बाहिर किन उभिइरहेको भित्र बसेको भए हुन्थ्यो नि” किरणले भन्यो । “तिम्रो आमाले भित्र जाउँ न बाबु भनेर भन्नुभएन नि त्यसैले म गेटबाहिरै उभिएर तिमीलाई पर्खेर बसेको नि” मैले भने । “जाउ न त भित्र गएर गफगाफ गरौ एकएक कप चिया पिउ किरणले भन्यो र मलाई भित्र बैठक कोठामा लग्यो । बैठक कोठामा बसेर हामी गफगाफ ग¥यौ । उसको आमाले चिया बनाएर ल्याइदिनु भएर “बाबुलाई मैले चिन्न नसकेर भित्र गएर बसौ भन्न सकिन बाबुले यसमा कत्ति पनि चित्त नदुखाऊ है” भनिन् ।
सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं
प्रतिक्रिया