राष्ट्रपति “ढोक्सा” माछा कि भ्यागुतो ?

इनेप्लिज २०७९ फागुन १० गते २३:२६ मा प्रकाशित

तत् समयमा प्रधानमन्त्री केपी ओलीले गरेको संसद बिघटनका बिरुद्द सम्मानित सर्वोच्च अदालतको परमादेश पछि नेपाली काँग्रेस , माओबादी र नेकपा यस लगायत अन्य साना पार्टी मिलेर सत्ता गठबन्धन बनेको थियो । त्यो गठबन्धनगत मंसिरमा भएको संसदीय निर्वाचन सम्म कायम थियो । निर्वाचन परिणाम पश्चात एका / एक प्रधानमन्त्री बन्ने दाउमा गत पुस १० गते चुनाबी गठबन्धन तोडेर नेकपा एमाले , माओबादी, राप्रपा, रास्वपा, र नयाँ अन्य दलसहितको नयाँ सत्ता गठबन्धन बनेको थियो । सो गठबन्धनबाट प्रधानमन्त्री बनेका माओबादी अध्यक्ष प्रचण्ड र सोगठबन्धनका मुख्य नाइके बनेका एमाले अध्यक्ष केपी ओली दुवै नेपाली राजनीतिमा चर्चामा रहे ।

केपी ओलीको राजनीतिक चतुर्यायीको चर्चा एमाले इतर पार्टीहरुमा अझ बढी हाबी भयो । संसद्को अंक गणितमासबै भन्दा धेरै ससद भएको काँग्रेसले नै केन्द्रिय सरकार देखि प्रदेश सरकार सम्म बाहिर बस्नु पर्ने परिस्थिति बन्यो ।सत्ता राजनीतिक भाग बन्डामा कांग्रेसले सभामुख , उप – सभामुख , सातै प्रदेशको सरकार गुमाय पछि कांग्रेस भित्रैनेतृत्वको सूचना प्राप्ति र दिर्घ योजना साह्रै कमजोर भएको टिप्पणी हुन थाल्यो ।

यसै परिबेशमा काँग्रेसले पुस २६ मा अर्को रुप देखायो । संसदीय इतिहाँसमा बिरलै देख्न पाइने यस्तो रुप , मुख्यप्रतिपक्षको अबस्थामा रहेको काँग्रेसले आरामका साथ बहुमतमा रहेका प्रधानमन्त्री प्रचण्ड लाई बिस्वासको मत दिएर“प्रचण्ड बहुमत” को राजनैतिक उभारमा पुर्यायीदियो ।

संसदीय इतिहाँसमा बिरलै देख्न पाइने यस्तो रुप , मुख्यप्रतिपक्षको अबस्थामा रहेको काँग्रेसले आरामका साथ बहुमतमा रहेका प्रधानमन्त्री प्रचण्ड लाई बिस्वासको मत दिएर“प्रचण्ड बहुमत” को राजनैतिक उभारमा पुर्यायीदियो ।

त्यसको भोलि पल्ट बसेको संसदको बैठकमा एमाले अध्यक्ष केपी ओलीले कांग्रेसले लिएको अप्रत्यासित कदम लाइ“राजनीतक ढोक्सा” का रुपमा तिखो व्यंग गरे । उनले भने कांग्रेसले थापेको यो बेमौसमी ढोक्सामा माछो चाहिँ पर्नेवाला छैन् । अरु के के पर्छ मलाइ थाह छैन् ।

संसदमा जम्मा ३२ संसद रहेको तेस्रो ठुलो दल माओबादीले प्रधानमन्त्री नेतृत्व गर्दै गर्दा अन्य शक्ति सन्तुलनका राजकीय पदहरुमा आँखा चिम्लिएको थियो । जब पुस २६ मा प्रचण्ड सरकारले काँग्रेसको बिस्वासको मत पायो । त्यस पछिका दिनमा माओबादि अध्यक्ष प्रचण्ड देखि त्यस पार्टीका अन्य नेताहरुको बोली फेरिएको छ । उनीहरुलेपरिस्थिति फेरिएकोले रास्ट्रपति निर्वाचनमा रास्ट्रिय सहमतिको नारा लगाई रहेकाछन् ।

त्यसो त काँग्रेस कै आड पाएपछि प्रधानमन्त्री प्रचण्डले नागरिकता प्रकरणमा सर्बोच्चको फैसाला पछि पद मुक्तभएका तत् कालिन गृह तथा उप प्रधानमन्त्री रवि लामिछानेको रिक्त पदमा पनि भागबण्डामा परेको सो मन्त्रालय रास्ट्रिय स्वतन्त्र पार्टीलाई नदिएर राजनैतिक बेइमानी शुरु गरि सकेका छन् ।

पुस १० कै सहमति अनुसार सभामुख , उप सभामुख र प्रान्तीय सरकारमा इमान्दातिता देखाएको माओबादी रास्ट्रपतिको निर्वाचनको पुर्व सन्ध्या सम्म आइ पुग्दा काँग्रेस कै “ढोक्सा” लाई बल पुग्ने गरि रास्ट्रिय सहमतिको सुगा रटानमा छ ।

सुरुका केहि दिन माहान्चातुर्य राजनेताका पगरी गुथेका केपी ओली काँग्रेसको अकल्पनीय “ढोक्सा” पछि नराम्ररी झस्किएको छ ।

सुरुका केहि दिन माहान्चातुर्य राजनेताका पगरी गुथेका केपी ओली काँग्रेसको अकल्पनीय “ढोक्सा” पछि नराम्ररी झस्किएको छ ।

त्यसो त सुरुमा ओलीका आफ्नै अनुयायी डोरमणि पौडेल, केशब बडाल आदि लाई वा सुबास नेम्बाङ्ग मध्य अन्त्यमा एक सिफारिस हुने हल्ला चलायको एमालेले कहिले महन्त ठाकुर त कहिले झलनाथखनालको पनि चर्चा नचलाएको होइन ।

रास्ट्रपति कै बहस पैरवी भइ रहदा छिमेकि मित्र रास्ट्रहरुको भेट /घाट पनि बाक्लिएको छ । गत हप्ता मात्र भारतीय विदेश सचिवको राजनीतिक भेट वार्तालाई रास्ट्रपति चुनाबसँग जोडेर हेरिएको छ । नेपाल जानकार भारतीय राजनीतिज्ञ एस. डी मुनिले चार गैह्र राजनीतिज्ञको नामै किटेर रास्ट्रपतिमा चर्चा गर्नु पनि अर्थ पूर्ण तरिकाले हेरिएकोछ ।

अझ केपी ओलीले झुक्किएर नाम लिदाँ समेत कुल्ला गर्नु पर्ने अभिव्यक्ति दिएका एस पार्टीका अध्यक्ष माधवकुमारनेपाल लाइ भेटेर आश्चर्य रुपमा राष्ट्रपतिका लागि प्रस्ताब गरे पछि “रास्ट्रपतिको ढोक्सा” अझै पेचिलो बन्न पुगेकोदेखिन्छ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको कार्यकारी पदमा रहेर काम गरिसकेकालाई राष्ट्रपति बनाउनुअनुपयुक्त हुने बताएका छन्।

सत्ता राजनीतिमा कुनै राजनीतिक दलले जन मैत्री बन्न नसकेको यो राजनैतिक तरल अबस्थामा रास्ट्रपतिको यो“ढोक्सा” कसको पोल्टामा पर्ने हो ?

कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीकाअध्यक्ष बाबुराम भट्टराईका नाम राष्ट्रपतिको उम्मेदवारमा चर्चामा रहेको भन्दै उनले प्रधानमन्त्री भइसकेका कोही पनिराष्ट्रपति उम्मेदवार हुन नहुने बताए।

राष्ट्रपतिमा हाम्रो उम्मेदवारी रहन्छ। हाम्रो उम्मेदवारलाई प्रधानमन्त्रीले समर्थन गरेर जाँदै गर्दा त्यसले केही सन्देशदिन्छ,’ शर्माले भने, ‘चुनावका बेला एकै गठबन्धनबाट जनतामा जाँदा सँगसँगै जाने भनिएको थियो, बीचमा कसैलेढोक्सा थापेर त्यो रोकिन पुगेको थियो।’

संसदको तेस्रो ठूलो दल माओवादीले प्रधानमन्त्री पाइसकेको, दोस्रो ठूलो दल एमालेले सभामुख पाइसकेको र अबपहिलो दल कांग्रेसले राष्ट्रपति लिनु स्वभाविक हुने शर्मा बताउँछन्।

शर्माका अनुसार कांग्रेसले राष्ट्रपति उम्मेदवार तय गरिसकेको छैन। छलफलबाट रामचन्द्र पौडेल वा अरू कोही उम्मेदवार हुन सक्ने उनले बताए। कांग्रेसबाट जो उम्मेदवार भए पनि माओवादीले समर्थन गर्ने र प्रधानमन्त्रीले राम्रोसँग काम गर्न पाउने उनको भनाइ छ।

एमालेले पूर्वसहमति अनुसार अबको राष्ट्रपति एमालेबाट हुनु पर्ने बताएको छ भने माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रियसहमति हुनुपर्ने बताइरहेको छ।

रास्ट्रपतिको उम्मेद्वारी यहि फाल्गुन १३ गते दिई सक्नु पर्नेछ भने अन्तिम चुनाब फाल्गुन २५ गते तोकिएको छ ।

सत्ता राजनीतिमा कुनै राजनीतिक दलले जन मैत्री बन्न नसकेको यो राजनैतिक तरल अबस्थामा रास्ट्रपतिको यो“ढोक्सा” कसको पोल्टामा पर्ने हो ? अझै अनिश्चित देखिन्छ । यद्यपि नोमिनेसन पुर्ब नै दलीय अंक गणितका आधारमा कसको “ढोक्सा” मा “माछो” र कसको ढोक्सामा “भ्यागुतो” पर्छ ? त्यो जान्न अझै केहि दिन कुर्नुको बिकल्प रहेन ।

दीपक पन्त

मिल्वाकी ,अमेरिका

प्रतिक्रिया