नेपाल खेलकुद महासङ्घघको अध्यक्षमा बस्नेत निर्वाचित

इनेप्लिज २०७९ फागुन १० गते ०:०९ मा प्रकाशित

विराटनगर,९ फागुन । नेपाल खेलकुद महासङ्घको आज यहाँ सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पर्शुराम बस्नेत (कृष्ण) निर्वाचित हुनुभएको छ ।

महासङ्घको फागुन ७ गतेदेखि ९ गतसम्म यहाँ सम्पन्न राष्ट्रिय महाधिवेशनले बस्नेतलाई सर्वसम्मतिमा अध्यक्ष चयन गरेको हो ।

महाधिवेशनले निवर्तमान संयोजक बस्नेत र रोहित कोइराला, शितल राय र शान्ता डंगोल सहित १७१ केन्द्रीय कमिटी चयन गरेको छ।

महासङ्घको अन्य पदाधिकारिको चयन फागुनको अन्तिम साता बस्ने बैठकले टुङ्गो लगाउने जनाइएको छ।

प्रतिक्रिया