निर्माण व्यवसायीले विकासको कार्य गुणस्तरीय गर्नुपर्छ–मुख्यमन्त्री कार्की

इनेप्लिज २०७९ फागुन ९ गते २३:५९ मा प्रकाशित

विराटनगर,९ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्माण व्यवसायीहरुले विकास निर्माणमा गुणस्तरीय कार्य गर्नु पर्ने बताउनु भएको छ।

निर्माण व्यवसायी महासङ्घ प्रदेश नं १ को १४ं औं साधारण सभा एवं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सङ्घीयता स्थापना पछि मुलुकमा पूर्वाधार निर्माणको कार्यमा तिव्रता लिएको अवस्थामा व्यवसायीहरुले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने धारणा राख्नु भयो ।

मुख्यमन्त्री कार्कीले पूर्वधार निर्माणमा व्यवसायीले गुणस्तरीय कार्य गर्नुपर्नेमा जोड दिर्दै कार्य गर्दा आउने समस्या समाधानका लागि सरकार, निर्माण व्यवसायी र कामदार वीच समन्वय कायम गरी समाधान गर्ने विचार राख्नु भयो ।

उहाँले प्रदेश सरकार नीजि क्षेत्रसँग हालेमालो गरी समृद्धि कायम गर्न प्रतिवद्ध रहेको चर्चा गर्दै सङ्घीय सरकारले निर्माण व्यवसायका सम्वन्धमा बनाएको नीति केही त्रुटि भए त्यसलाई सच्चाउन पहल गर्ने विश्वास दिलाउनु भयो ।

महासङ्घका केन्द्रीय अध्यक्ष रवि सिंह, प्रदेश संयोजक कमल गौतम लगायतले सरकारले छड, सिमेन्ट, ढुङ्गा, गिट्टीको गणस्तर सम्वन्धमा आवश्यक अनुगमन गर्नुपर्ने सुझाव दिएको छ।

साधारण सभामा प्रदेशका १४ जिल्लाका अध्यक्ष, प्रतिनिधि गरी सात सय जनाको सहभागिता रहेको छ

प्रतिक्रिया