लघुकथा-अपमान

अरुणबहादुर खत्री “नदी” २०७९ फागुन ९ गते १२:२२ मा प्रकाशित

राष्ट्रसेवक मुकुन्दले आफ्नो काम छिटोछरितो गर्दथ्यो । उसले आजको काम आज नै गरेर मात्र अफिसबाट आफ्नो घर फर्कन्थ्यो । तर तिन दशकसम्म राष्ट्रसेवक भएर काम गर्दा सरकारले उसलाई कुनै मान पदवी र पुरस्कार दिन सकेन । आफूले लिन पाउने सुविधाको घरबिदा भैपरी आउने विदा पनि उसको वर्षैपिच्छे खेर जान्थ्यो ।

राष्ट्रसेवक मुकुन्द साहित्यमा पनि रुचि राख्ने गथ्र्यो । साहित्यिक रचना बेला बेलामा लेख्ने गर्दथ्यो । उसको रचना धेरैले मन पराउदथे । तर उसले साहित्यिक पुरस्कार पनि कहिल्यै पाउन सकेन । चौहत्तर वर्षको उमेरमा उसलाई कोरोना लागेर उसको मृत्यु भयो । उसको मृत्यु भएपछि पशुपति आर्यघाटमा उसको दाह संस्कार गर्न साहित्यकार तथा नेताहरु पुगे । मरणोपान्त संविधान दिवसको दिनमा उसले मानपदवी पायो । तर ऊ बाँच्दा भने कतैबाट मानपदवी पुरस्कार र सम्मान पाउन सकेन ।

सामाखुसी मार्ग, ९३५÷५४
मोबाइल ९८४१७९७६६४
काठमाडौं (नेपाल)

प्रतिक्रिया