अब राजसंस्था फर्काउन काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन अपिल !

इनेप्लिज २०७९ फागुन ८ गते ११:५२ मा प्रकाशित

राजसंस्था फर्काउन अब काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन अपिल र अनुरोध गर्दछु ।

मुलुकमा व्यवस्था परिवर्तन अपरिहार्य छ । गणतन्त्र व्यवस्था फ्याक्न र राजसंस्था फर्काउन यही फागुन २० गते बाट निरन्तर हुने काठमाडौं केन्द्रित राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔ महाअभियान आन्दोलनमा ७७ जिल्लाका जनताहरु, काठमाडौंवासी, बौद्धिक वर्गहरु, बुद्धिजीवी वर्गहरु, कानुनविदहरु, ब्युरोकेसी र युवा वर्गहरु सहभागी भइ दिन अपिल र अनुरोध गर्दछु ।

राजसंस्था फर्काउन सैनिक संगठन, जनपद प्रहरी संगठन र सशस्त्र प्रहरी बल हरुले निस्वार्थ रुपले साथ, समर्थन र सहयोग गरी व्यवस्था परिवर्तन अपरिहार्य छ । जनयुद्धको नाममा लगभग पचास हजार सर्वसाधारण नागरिकहरु र सुरक्षाकर्मीहरु मारिएका छन । गणतन्त्र व्यवस्थामा माओवादी केन्द्रका प्रधानमन्त्री पुष्प कमल दाहाल गणतान्त्रिक सरकारले जनयुद्ध दिवसको बिदा दिएको थियोे । जनयुद्ध दिवसको बिदा दिएको सुरक्षाकर्मीहरुलाई चित्त बुझेको छ ? यसकारण व्यवस्था परिवर्तन अपरिहार्य छ विलम्ब नगरौं ।

संघीयता र समानुपातिक प्रणालीले जनताहरुले आजसम्म के पायौं ? संघीयता (प्रदेश सरकारका मुख्यमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरू) र समानुपातिक प्रणाली ८८४ जना सांसद पाल्न मात्र हो ? संघीयता र समानुपातिक प्रणालीले गर्दा मुलुकमा आर्थिक संकट र तरलता छ । मुलुकको अर्थतन्त्र ध्वस्त भएको छ । मुलुकको अवस्था जर्जर छ । हाम्रो मुलुकमा गणतन्त्र व्यवस्थाले जनताहरु कसैको पनि हित हुँदैन । केबल प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरु अर्थात संघीय सरकार, संघीय सांसदहरू, राष्ट्रिय सभा सांसदहरू र प्रदेश सरकार, प्रदेश सांसदहरूको मात्र हित हुन्छ । गणतन्त्र व्यवस्थाको नाममा प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरु, संघीय सांसदहरू, राष्ट्रिय सभा सांसदहरू र प्रदेश सांसदहरूमा सत्ता लिप्सा स्वार्थ, व्यक्तिगत स्वार्थ, पारिवारिक स्वार्थ र आर्थिक स्वार्थ रहेको मात्र देखियो । यसकारण गणतन्त्र व्यवस्था फ्याक्न अपरिहार्य छ विलम्ब नगरौं फागुन २० गते बाट निरन्तर काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुनका लागि सबैमा अपिल छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७

प्रतिक्रिया