नेपालका कुना काप्चामा निर्मित मौलिक तथा संस्कृति झल्काउने लत्ताकपडा सहित हस्तकलाका सम्पूर्ण सामग्री बाल्टिमोर उपलब्ध

इनेप्लिज २०७९ फागुन ८ गते ०:०६ मा प्रकाशित

नेपालका कुना काप्चा र नेपालका बिभिन्न क्षेत्रमा निर्मित मौलिक तथा संस्कृति झल्काउने लत्ताकपडा सहित हस्तकलाका सम्पूर्ण सामग्री अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित प्राइम नेपाली बजारमा उपलब्ध रहेका छन् ।

नेपालमै बनाईएका नेपाली सामाग्रीहरुको अमेरिकामा प्रवर्द्धन गर्ने र नेपाली सर समानलाई प्रोत्साहन गर्ने हेतुले स्थापना भएको प्राइम नेपाली बजार अमेरिकामा चर्चा परिचर्चामा आई रहेको छ भने हजारौ हजार नेपाली समुदायले यसबाट लाभ समेत उठाएका छन् ।

अमेरिकामा समेत नेपाली समुदायले मनाउने अमेरिकी तथा नेपाली चाडपर्व ,उत्सव र समारोह,भेला लगायतमा नेपाली समुदायको लागि विशेष छुटको व्यवस्था गर्दै आएको प्राइम नेपाली बजारले आगामी दिनमा अझ नेपाली समुदाय प्रति केन्द्रित हुने संचालक गणेश लामिछानेले ईनेप्लिजलाई बताए ।

लामिछानेले नेपाली समुदायलाई चाहिने पूजाका सम्पूर्ण सामग्री उपलब्ध समेत गरिएको जनाए । अमेरिकाका ५० वटै राज्यमा बसोबास गर्ने नेपाली समुदायले घर मै बसी बिधुतिय प्रणाली(अनलाईन)बाट सजिलै खरिद गर्न सकिने व्यवस्था समेत गरिएको छ । खुद्रा पसल भएता पनि थोक कै भाउमा खरिद गर्न सकिने र नेपाली समुदायको लागि त्यो व्यवस्था मिलाईएको संचालक लामिछानेले बताए ।

बिगत दुई बर्ष देखि संचालित उक्त चर्चित पसलमा सजावटका सामग्री, सारी,कुर्ता सुरुवाल,बालबालिकाका लुगा,करुवा ,पानस, महिलाहरुका शृंगारका सामग्रीहरु ,खाधन्य सामग्री ,मूर्ति ,मादल,खुकुरी, बुद्ध ,गणेश र शिवओ मुर्ति ,मुकुट ,डमरु ,पित्तलको झर्के थाल ,पित्तल कै कचौरा ,गरगहना ,बिभिन्न जात जातिका पर्वहरुका भेषभुषा, बासुरी, घन्टी लगायत नेपाली समुदायलाई घरको सजावटको लागि चाहिने सामग्री सबै उपलब्ध गराउन सकिएकोमा आफूलाई गर्व लागेको लामिछानेले बताए ।

अब यस्ता सामग्रीहरुको लागि नेपालबाट मगाई रहनु नपर्ने र नेपालकै दाममा खरिद गर्न सकिने उनले बताए । यो केवल नेपालको सामग्रीहरुलाई प्रोत्साहन दिने उद्धेश्यले प्राइम नेपाली बजार स्थापना गरिएकोले सबै नेपाली समुदायके एकै छाना मुनि सबै चिज उपलब्ध गराईएको आफू र आफ्ना साथीभाई इष्ट मित्र र सबैलाई खरिद गर्नु परेमा प्राइम नेपाली बजारलाई सम्झन लामिछानेले आह्वान गरेका छन् । साथै एक पटक मौका दिन समेत लामिछानेले सबैलाई अनुरोध गरेका छन् ।

नेपाल गोर्खा घर भएका व्यवसायी लामिछाने एक सामाजिक अभियन्ता हुन् । उनि बिभिन्न सामाजिक संघ/संस्थामा आबद्ध हुनुको साथै अन्य व्यवसायमा समेत संलग्न रहेका छन् ।

उनि व्यवसाय अभिकर्ता( अर्थात् बिजिनेस ब्रोकर ) पनि हुन । उनि घरखरिद तथा बिक्रि अभिकर्ता (रियलटर) ,डब्लुएफजी वित्तीय संस्थाका प्रमाणित वित्तीय योजनाकार समेत हुन् ।

यहाँहरुलाई कुनै सुपथ मूल्यमा खरिद गर्न तथा बिस्तृत जान्नको लागि मुनिको सम्पर्क संख्या +1 (443) 699-9767 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

साथै सिधै खरिद गर्न यहाँ थिच्नु होला :https://www.primeemarket.com/?fbclid=IwAR0YReAfU044BpJMpcPF4MGT5ICp-M5lYtRdj7Zeg2LgqMCc88Mnkchrhfg

प्रतिक्रिया