राष्ट्रका खेलाडीले लागि खेल्नु पर्छ– नेकपा एमाले अध्यक्ष ओली

इनेप्लिज २०७९ फागुन ७ गते १६:३४ मा प्रकाशित

विराटनगर,७ फागुन(रासस): नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका खेलाडीले लागि खेल्नु पर्ने बताउनु भएको छ ।

नेपाल खेलकुद महासङ्घको तीन दिने दोस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले खेलाडी खेलप्रति दत्तचित्तभै उत्कृष्ट तालीमका साथ राष्ट्रको नाम विश्वमा राख्नु पर्ने सुझाव दिनु भयो ।

पूर्व प्रधानमन्त्री ओलीले नेकपा एमाले सधै खेलाडीको साथमा रहेको छ भन्दै यसको विकास, प्रशिक्षणका लागि आवश्यक पर्ने सहयोग उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त्त गर्नु भयो ।

उहाँले स्वस्थ्य समाज निर्माणमा खेलाडीहरुले आफ्नो क्षेत्रबाट भूमिका खेल्न आग्रह गर्दै खेललाई जीवनका अभिन्न अङ्ग बनाउनाले स्वास्थ्यमा ठूलो योगदान पुग्ने धारणा राख्नु भयो ।

अध्यक्ष ओलीले महासङ्घले पदका लागि होइन खेलाडीलाई उत्कृष्ट प्रदान गर्न विशेष योगदान पु¥याउनु पर्नेमा जोड दिनु भयो ।

महासङ्घका संयोजक पर्शुराम वस्नेत र प्रभातविक्रम कटवालले खेलाडीलाई खेलबाट बाँच्न सक्ने अवस्थाको सिर्जना गर्न प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

राष्ट्रिय महाधिवेशनमा ७७ जिल्ला, २८ खेलसङ्घ, सात प्रदेश र एक उपत्यका विशेष प्रदेशका गरी ५३० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ।

सोही अवसरमा अध्यक्ष ओली ‘प्रथम केपी ओली सडक दौड’ प्रतियोगिता महिला तथा पुरुषतर्फ प्रथम देखि पाँचो स्थानसम्म ल्याउने खेलाडीहरु नगद सहित पुरस्कृत गर्नु भयो ।

सो अवसरमा विभिन्न खेल तथा जातजातिका भेषभुषा सहित झाँकी प्रदर्शनी गरिएको थियो ।

प्रतिक्रिया