–
गोंगबुचोक पुगेर चाबहिल जान भनेर चक्रपथ परिक्रमा बसमा चढे । महाराजगञ्ज पुगेपछि बसको खलासीले मसँग बसभाँडा माग्यो । मैले सयको नोट गल्तीबाट निकालेर दिए । “कहाँसम्म पुग्ने हो नि उसले भन्यो । मैले “चाबहिलसम्म पुग्ने” भने । उसले सत्तरी रुपैँया मलाई फिर्ता दियो । “म गोंगबुचोकदेखि चढेको भाइ गोंगबुचोकदेखि चाबहिलसम्म तिस रुपैँया कसरी भयो भाइ ?” मैले भने । “तपाई स्वयम्भुदेखि चढ्नु भएको होइन दाइ ?” उसले भन्यो । “होइन भाइ म गोंगबुचोकदेखि चढेको भनेर कतिपटक भनु” मैले तिमीलाई मैले भने । मैले त्यसो भनेपछि उसले मलाई दशको नोट झिकेर दियोे बसभाँडा जम्मा बिस रुपैँया मात्र मसँग कटायो । उसले मलाई सत्तरी रुपैँया दिदा मैले नबोलेको भए म दश रुपैँया घाटामा पर्नेरहेछु नि ।
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४
इमेल Od]n [email protected]
प्रतिक्रिया