राज्य शक्त्तिको श्रोत जनता–मुख्यमन्त्री कार्की

इनेप्लिज २०७९ फागुन ७ गते १३:०५ मा प्रकाशित

विराटनगर, ७ फागुन(रासस): प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य शक्त्तिका श्रोत जनता मात्र हुन् भन्नुभएको छ ।

प्रदेश स्तरीय मूल समारोह समितिद्वारा ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ को अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनु पर्ने भन्दै जनताको सङ्घर्ष तथा वीर वीराङ्गगना सहिदको बलिदानबाट स्थापित भएको प्रजातन्त्र आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय छ भन्नुभयो ।

उहाँले प्रजातन्त्र स्थापनाका लागि एका सङ्घर्षको मार्ग दर्शन स्वरुप नेपालको वर्तमान संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था अङ्गिकार गरेको छ भन्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने हाम्रो लक्ष्य छ भन्नु भयो ।

मूल समारोह समितिका अध्यक्ष समेत रहनु भएका मुख्यमन्त्री कार्कीले भत्रुभयो, ‘ संविधानले अवलम्वन गरेको प्रणालीलाई थप सुदृढ गर्नुपर्छ, सामाजिक न्याय सहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु हामी सबैको साझा दयित्व हुन ।’

मुख्यमन्त्री कार्कीले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वामिभान र लोकतन्त्रका लागि विभित्र आन्दोलनहरुमा योगदान गर्नु हुने सबैप्रति सम्मान व्यक्त्त गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गर्न सकोस् शुभकामना पनि दिनुभएको छ ।

उहाँले प्रजातन्त्र दिवसको शुभअवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजु भईहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त्त गर्दै प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिद प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले सहिद परिवार, आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग हुनुभएका व्यक्त्तिहरुप्रति सम्मान पनि प्रकट गनुभएको छ ।

कार्यक्रम प्रारम्भ हुनु आगाडि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् प्रदेश नं १ विराटनगर कार्यालयबाट निस्किएको प्रभातफेरीमा विभित्र मन्त्रालयका मन्त्री, प्रदेश सरकारका उच्चपदस्थ कर्मचारी,नेपाल प्रहरी , सशस्त्र प्रहरी, निजामती कर्मचारी, विद्यार्थी,सञ्चारकर्मी सम्मिलित जुलुशले नगरको परिक्रमा गरी पुनः सोही स्थानमा पुगि सभामा परिणत भएको थियो ।

प्रतिक्रिया