विराटनगर ,७ फागुन(रासस): नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो पार्टीले नै बनाएको उम्मेदवार राष्ट्रपति बत्रे बताउनुभएको छ ।
विराटनगर विमान स्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीको क्रममा उहाँले नेकपा एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रसहमति बत्रे विश्वास व्यक्त्त गर्नुभयो ।
नेकपा एमालेले राष्ट्रपतिको लागि मनोनयन दर्ता गर्ने दिन नै नाम सार्वजनिक गर्ने भन्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘ अहिलेको गठबन्धन सोचेर र सम्झेर बनाएकाले गठबन्धन रहिरहन्छ ।’
उहाँले गणतन्त्र आएको धेरै समय नभएकाले अहिले नै चिन्ता र आत्तिनु पर्ने स्थिति नरहेको स्पष्ट पार्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘ हाम्रो देश समृद्ध नेपाल र सुखी नेपाली बन्छ ।’
पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्य गर्न तयार रहेको छु भन्ने अभिव्यक्त्ति प्रति उहाँले भन्नुभयो,‘ पूर्वराजा ज्ञानेन्द्र शाह अलमलमा पर्नु भएको छ ।’
अध्यक्ष ओलीले भत्रुभयो, ‘ पानीले आफ्नो सतह आफै बनाउँछ, हतार गर्नु हुँदैन।’ उहाँले थप भन्नुभयो, ‘ नेकपा एमाले उम्मेदवारलाई जिताउन प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टीले पनि साथ र समर्थन गर्छ ।’
प्रतिक्रिया