एमाजोनले आफ्ना सँस्था(कर्पोरेट)का कर्मचारीहरुलाई हप्ताको ३ दिन कार्यालयबाट काम गर्नु पर्ने नीति घोषणा गरेको छ । अर्थात् कोभिड–१९ को महामारी देखि घरबाटै काम गर्दै आएका सँस्था (कर्पोरेट)का कमर्चारीहरुले अब आगामी मे १ देखि कार्यालय मै भौतिक रुपमा उपस्थित भै काम गर्नु पर्ने भएको छ ।
एमाजोनका प्रमुख कार्यकारी अधिकारी (सीईओ )एन्डी जस्सीले कर्मचारीहरूलाई ज्ञापनपत्रमा गत शुक्रबार नीति घोषणा गरेका छन् । नयाँ नीति अनुसार मे १ देखि लागू हुने बताएको समाचार सिबिएसन्यूजले समाचार लेखेको छ ।
कोभिड–१९ को महामारीले परोक्ष (भर्चुअल) रूपमा काम गर्न बाध्य भएपछि धेरै सँस्थाहरूले आफ्ना कर्मचारीहरूलाई कार्यालयमा फिर्ता बोलाइरहेका छन्।
गत महिना स्टारबक्सले आफ्नो सँस्थाका कर्मचारीहरूलाई हप्ताको ३ दिन कार्यालयबाट काम गर्ने योजना बनाउन भनेको छ । यसै गरि डिज्नीले कर्मचारीहरूलाई मार्चमा सुरु हुने हप्तामा ४ दिन कार्यालयबाट काम गर्न योजना बनाउन आग्रह गरिरहेको छ।
वालमार्टले यस हप्तामा आफ्ना प्राविधिक टोलीहरूलाई कार्यालयमा नियमित रुपमा काममा फर्कन योजना बनाउन आवश्यक भएको बताएको छ ।
प्रतिक्रिया