लघुकथा-शिवरात्री

अरुणबहादुर खत्री “नदी” २०७९ फागुन ५ गते २:५८ मा प्रकाशित

महाशिवरात्रीकोे दिनमा मेरो घर नजिकैको गल्लीभित्र डोरीले बाटो छेकेको थियो । बाटो छेकेर बसेकाहरुले मलाई “पैसा नदिइ तपाईलाई हामी जान दिदैनौे” भने । मैले पाँच रुपैँया आफ्नो खल्तीबाट निकालेर दिए । “पाँच रुपैँयाले पुग्दैन दाइ” उनीहरुले भने । “कति रुपैँया चाहियो तिमीहरुलाई ?” मैले भने । “सय रुपैँया दिनु नि दाइ” उनीहरुले भने । “सय रुपैँयाले त मलाई एक छाक खाना खान पुग्छ नि” मैले भने । “तिमीहरुलाई बाटोमा हिँड्नेहरुले दिएर आएको पैसाले के गर्छौ नि ?” मैले भने । “हामी बेलुका सुजीको पिठोको हलुवा र काउलीको तरकारी खान्छौ दाइ प्रसाद बनाएर” उनीहरुले भने । “प्रसाद खान म पनि आउछु नि मेरो भाग पनि राख नि” मैले भने । “प्रसाद खान आउनु होला दाइ हामी कुरेर बस्छौ नि उनीहरुले भने । प्रसाद खान पुगे म महादेव शिवजीलाई ढोगेर प्रसाद टन्नै खाएर म घर फर्के । घरमा खाना खानै परेन मलाई ।

सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४
इमेल Od]n [email protected]

प्रतिक्रिया