लघुकथा
चुनाव आउनै लाग्दा एउटा पार्टीको उम्मेदवार नवराजले मतदाताहरुसँग भोट माग्दै हिँड्यो र “मैले जिते भने तपाईहरुलाई बोलाएर भोज खुवाउछु । तपाईहरुको सेवा राम्ररी गर्छु” भन्यो । नवराजले त्यसो भनेपछि धेरैले उसलाई भोट हालेर जिताई छाडे । उसले जितेपछि एकदिन भव्य पाटी गरेर भोज खुवायो । तर जिल्लाको लागि राम्रो काम केही गरेन । कच्ची बाटोलाई पिचसम्म पनि गरेन ।
एकजना असी वर्षको बृद्ध उम्मेदवारले “अर्को पटक भोट माग्न आयो भने हामी नवराजलाई भोट दिदैनौ । गाउँको कुनै विकास उसले गर्न सकेन । जितेपछि एकदिन हामीलाई उसले भोज खुवाएर टा¥यो । एकदिनको भोजले हाम्रो पेट सधैँभरीको लागि भरिदैन नि” भन्यो ।
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४
प्रतिक्रिया