मेरो माया मेरी उनिलाई युग युग सम्मलाई
माया गर्छु मैले दिलबाट सधैँलाई
मेरो धड्कन पनि उनकै लागि धड्किन्छ
यो मुस्कान मुहारमा सधैँको लागि रहिरहन्छ
मैले माया गर्ने मायालु मेरो माया तिमिलाई
दिलबाट आफ्नो भनी भन्छिन् उनी मलाई
मेरो सम्बन्ध उनी सँग जोडिएको छ
भेट हुँदा उनीसँग यो मनले सबै कुरा बिर्सन्छ
मेरी माया यो दिलबाट तिमिलाई माया गरिरहन्छु
तिम्रो लागि मैले जे पनि गर्न सक्छु
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रतिक्रिया