उत्तर कोरियाद्वारा किम जोङ उनकी छोरीको हुलाक टिकट जारी

इनेप्लिज २०७९ फागुन ३ गते ०:४४ मा प्रकाशित

उत्तर कोरियाले किम जोङ उनकी छोरी रहेको टिकट जारी गरेको छ । उत्तर कोरियाले मंगलबार पहिलो पटक नेता किम जोङकी छोरी किम जु ए लाई देखाइएको हुलाक टिकटहरूको श्रृंखला अनावरण गरेको छ।

शुक्रबार जारी गरिने हुलाक टिकटहरू नोभेम्बरमा उत्तर कोरियाको सबैभन्दा ठूलो ह्वासोङ-१७ अन्तरमहाद्वीपीय प्राक्षेपिक क्षेप्यास्त्र (बलिसटिक मिसाइल)को प्रक्षेपणको सम्झना गर्ने शृङ्खलाको हिस्सा हुन्।

उत्तर कोरियाली हुलाक सेवाद्वारा आफ्नो आधिकारिक संजालस्थल (वेबसाइट)मा जारी गरिएका तस्बिरहरूले जू ए का पाँचवटा टिकटहरू देखाएको छ भनि युपीआईले आफ्नो समाचारमा लेखेको छ ।

प्रक्षेपणमा छोरी जु ए पहिलो पटक सार्वजनिक रुपमा देखिएकी थिइन् र उनको उमेर लगभग १० बर्षको अनुमान गरिएको छ । उत्तर कोरियाली सेनाको स्थापनाको ७५ औँ वार्षिकोत्सवको अवसरमा गत हप्ता गरिएको सैन्य परेडमा समेत उनी किम जोङ उनको अन्तिम उत्तराधिकारी बन्ने विश्लेषकहरूले अनुमान लगाएका छन्।

किम इल सुङको नेतृत्वमा सन् १९४८ मा उत्तर कोरियाको स्थापना भएदेखि नै किम परिवार सत्तामा छ। १९९४ मा उनको मृत्यु पछि, उनका छोरा किम जोंग द्वितीय सत्ता आए र त्यसपछि २०११ को अन्तमा तेस्रो पुस्ताको नेता किम जोङ्ग उन सत्तामा आएका हुन् ।

तस्बिर कृतज्ञता : एनके न्यूज

प्रतिक्रिया