अघिल्लो सोमबार टर्की र सिरियामा आएको विनाशकारी भूकम्पबाट हाल सम्म मृत्यु हुनेको कुल संख्या कम्तिमा ४१,२१९ पुगेको छ।
राष्ट्रपति रेसेप तैयप एर्दोगानका अनुसार टर्कीमा ३५,४१८ जनाको मृत्यु भएको छ ।
यसैगरि सिरियामा उत्तरपश्चिमी सिरियाको सरकारी र विद्रोही नियन्त्रित क्षेत्रहरूमा मृत्यु हुनेको संख्या हाल ५,८०१ पुगेको सिरियाली स्वास्थ्य मन्त्रालय र विपक्षी-नियन्त्रित क्षेत्रहरूमा सञ्चालन गर्ने सिरियाली नागरिक रक्षा र चिकित्सा समूहले ताजा जानकारी गराएका छन् ।
टर्कीमा मर्नेहरूको संख्या अहिले सन् १९३९ मा एरजिंकनमा आएको भूकम्प भन्दा बढी संख्या पुगेको एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया