उपाय

अरुणबहादुर खत्री “नदी” २०७९ फागुन २ गते १२:३१ मा प्रकाशित

साहित्यिक कार्यक्रम भैरहेको थियो । हलमा भीड भएर रामचन्द्रले खाली कुर्ची फेला पारेन । उभिइरहन गाह्रो परेको हुँदा यदुनाथलाई बोलाएर भन्यो “एकजना केटीले तपाईलाई खोजीरहेकी छिन् ।” को केटीले खोजेकी रहिछन् भनेर यदुनाथ बाहिर निस्कदा यदुनाथ बसेको कुर्चीमा रामचन्द्र मौका पाएर बस्यो । यदुनाथ छट्पटाएर बाहिर केटी मान्छे खोज्नतिर लाग्यो ।

केटी मान्छे फेला नपरेपछि भित्र पुग्यो र उसको सिटमा रामचन्द्र बसेको देखेपछि “रामचन्द्र दाई तपाईले त मलाई ढाट्नु भयो नि यस्तो त गर्न मिलेन नि, कतै खाली कुर्ची नपाएर उभिइरहनु परेको हुँदा मलाई छक्याउनु भएको त होइन” भनेर सोध्यो । रामचन्द्रले हाँसी हाँसी जवाफ दियो “कुर्चीमा बस्नको लागि यो उपाय निकालेको हुँ दुःख नमान्नु हैँ ।”

सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं

प्रतिक्रिया