मान्छे त धेरैलाई हेरेकी हुन् दीपाले नवयुवाहरु पनि कम हेरेकी होइनन् । तैपनि पहिलो पटक आँखा जुधाइमै यति धेरै तरङ्गित भएको भने प्रथमोप्रथम नै हो । आज कति राम्रो मान्छे कति लोभलाग्दो बोल्न मात्रै पाए नि हुने । आफ्नै बनाउन पाए त झन् यस्तै सोच्न थालिन् दीपाले ।
दीपाले आँखा जुधाएर गहिरिएर हेरेको डम्बरले पनि थाहा पायो । गाडीको यात्रा त्यति लामो त छैन । उनी बोल्न बोल्न खोज्थिन् तर सक्तिनथिन् भन्ने बारेमा डम्बरले बुझ्यो । सजिलाका लागि आफैँ बोल्ने सोच बनायो ।
“बहिनीलाई कता कता देखेजस्तो लाग्यो । टाढै हो कि ?” डम्बरले आफ्नो मुख खोलेर भन्यो । “त्यही त दाइ मलाई पनि चिनेझैँ लाग्यो । म माथि बुढानिलकण्ठसम्म । दाइ चाहिँ कहाँसम्म होला ?” दीपाले हाँस्दै प्रसन्नतापूर्वक बोली ।
“म पनि बुढानिलकण्ठसम्म नै जान लागेको हुँ । त्यहाँको स्कुलमा मेरो छोरा पढ्छ उसलाई लिन जान लागेको हुँ बहिनी पनि बुढानिलकण्ठ नै जान लागेकी रहेछ्यौ यही गाडीभित्र बसौ न” भनेर डम्बरले भने । यसपछि दीपा केही बोलिनन् ।
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
प्रतिक्रिया