नियालेर हेर प्रीय, यी नयनमा तिनी नै छौ।

सुनीता प्रसाई २०७९ फागुन २ गते ०:२६ मा प्रकाशित

नियालेर हेर प्रीय, यी नयनमा तिनी नै छौ।
सारा पिडा भुली दिन्छु , जब तिम्ले तनमा छुन्छौ।
तिमी आंखा बन्द गर, सपना बनि आईदिन्छु।
दुई मुटुको मिलन हुदा, जगतलाई नै बिर्सिदिन्छु।
अमर प्रेम अजिब हुन्छ, न देखेर देखिन्छ।
न त लेखेर सकिन्छ।
जसरी समुन्द्र कहिल्यै सुक्दैन,
सूर्य ले आफ्नो धर्म छोड्दैन,
भोग , लोभ र आशक्ति ले प्रेम दिगो हुदैन।
पवित्र प्रेम हुनेहरुलाई प्रेम दिवस खास लाग्दैन।
आस्था र भरोसा छ नि हैन?
म बाहेक तिम्रो अरु को नै छ भन,
तिमी बाहेक अरु सबै फिक्का लाग्छ प्रीय,
ब्यस्तताको बाबजुद पनि सम्झिने गर्छौ,
त्यसैले मेरो लागि प्रेम दिवस खास लाग्दैन।
मुटु भरी तिम्रै माया छ, आंखा भरी तिम्रै सपना छ,
एउटालाई मात्र माया गरेर त हेर, मरुभूमि पनि सागर बन्छ।
तिमी टाढा हुदा पनि, याद अझ गाढा हुन्छ।
आंसु पनि मोती बन्छ,जब मन ले मनलाई छुन्छ।
सन्दर्भ प्रेम दिवस।

-सुनीता प्रसाई

सुनीता प्रसाई

साहित्यकार /लेखिका

प्रतिक्रिया