नयाँ टर्मिनल भवन शिलान्यास–मन्त्री किराँती

इनेप्लिज २०७९ फागुन १ गते २३:५८ मा प्रकाशित

विराटनगर,१ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा भएको बताउनु भएको छ।

विराटनगर विमानस्थलमा नयाँ निर्माण गरिने टर्मिनल भवनको आज शिलान्यास गर्दै उहाँले नेपाली विशेषताको आधारमा पर्यटन क्षेत्रले थोरै लगानीबाट धेरै विदेशी मुद्रा आर्जन गर्न सकिने कुरामा जोड दिनु भयो ।

मन्त्री किराँतीले विराटनगरमा निर्माण हुने नयाँ टर्मिनल भवनले पूर्वी नेपालको हवाई क्षेत्रको इतिहासमा कोशे ढुङ्गा सावित हुने बताउनु भयो ।

उहाँले आम जनताका भावना, सरोकारबालाको सुझाव र यहाँको आवश्यक्त्ताको आधारमा नयाँ भवन तथा धावन मार्ग विस्तार गर्ने कार्य शुरु गरेको विचार राख्नु भयो ।

मन्त्री किराँतीले निर्माण हुने टर्मिनल भवनको समयमा सम्पन्न गर्नुका साथै गुणस्तर कायम गर्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले सरकारले समाजलाई समृद्धिको वाटोतर्फ डो¥याउन बनाउँदै गरेको एकीकृति कार्ययोजनाका आधारर्मा मुलुक अव एकमात्र उद्देश्य ‘समृद्धि’ तर्फ अगाडि वढ्ने विचार व्यक्त्त गर्नु भयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले छिमेकी भारतीय पर्यटकलाई ध्यानमा राखी विराटनगरबाट हिमाली दृश्यवालोकन उडान गर्नुपर्नेमा जोड दिनु भयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, उपमहानिर्देशक हंशराज पाण्डे , होटल व्यवसायी राजन श्रेष्ठ र उद्योगपति राजेन्द्र खनालले प्रदेशमा रहेका १४ वटा विमानस्थलमा यहाँवाट हवाई उडान सञ्चालन गर्नुपर्ने माग गर्नु भयो ।

नयाँ वन्ने टर्मिनल भवन रु दुई अर्व ४२ करोडको लागतमा १६ हजार २७७ वर्गमिटरको अत्याधिक सुविधा सम्पन्न हुने छ।

भविष्यमा हवाई यात्रुको चापलाई ध्यानमा राखि एक हजार ५०० मिटर धावन मार्गमा २७० मिटर थप गरिनु का साथै यात्रु चाप भएको समयमा एक हजार ८०० यात्रुलाई नयाँ निर्माण हुने टर्मिनल भवनले सुविधा प्रदान गर्न सक्षम हुने विराटनगर विमानस्थलका प्रमुख रिन्जी शेर्पाले जानकारी दिनु भयो ।

केसी– डाँफे जेभि निर्माण कम्पनीले आगामी तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौता उल्लेख गरिएको छ।

प्रतिक्रिया