विराटनगर,१ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिको बाटोबाट आगाडि वढ्ने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले राष्ट्रपतिको निर्वाचनमा दलगत नभएर राष्ट्रिय सहमतिको आधारमा हुने प्रष्ट पार्नु भयो ।
मन्त्री किराँतीले भत्रुभयो, ‘ संविधानको भावना अनुसार जुन व्यक्त्तिको नाममा राष्ट्रिय सहमति हन्छ उहाँ आगामी राष्ट्रपति हुनु हुनेछ’ ।
उहाँले राष्ट्रपति भनेको राष्ट्रिय एकताको प्रतिक भएको हुँदा सहमतिकै आधारमा सबैले स्वीकार्य व्यक्त्ति राष्ट्रपति हुनु पर्नेमा जोड दिनुभयो ।
मन्त्री किराँतले भत्रुभयो, ‘देशको लागि रचनात्मक काम गर्दा राष्ट्र बलियो हुन्छ ।’
एक प्रश्नको जवाफमा मन्त्री किराँतीले नेपालमा निर्माण भएका विमानस्थलहरु पूर्णरुपमा सञ्चालन हुनै पर्छ, त्यत्तिकै राख्न पाइदैन त्यसका लागि कार्ययोजना मागेको बताउनु भयो ।
उहाँले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको नीतिगत रुपमा समस्या भए त्यसको समाधान गर्ने तर के को आधारमा अर्बौ लगानी गरी निर्माण गरिएका ती विमानस्थलहरुको व्यापारिक कार्ययोजनाको नीति माग गरिएको जानकारी दिनु भयो ।
नेपाल वायुसेवा निगमकका जहाज १५ घण्टा बढी प्रत्येक दिन सञ्चालन हुनुपर्छ र संस्थान नाफामा जानु पर्छ भन्दै ऋणमा डुबेको टुलुटुलु हेरेर कुर्सीमा नबस्ने मन्त्री किराँतीले प्रष्ट पार्नु भयो ।
वर्तमान सरकार निरन्तर रुपमा सञ्चालन हुने हुनाले त्यसमा कुनै शङ्कका नगर्न आग्रह गर्दै मन्त्रालय अन्तर्गतका काम गर्दा अप्ठ्यारो र असहज स्वाभिक रहेको छ तर असम्भव नरहेको स्पष्ट पार्नु भयो ।
प्रतिक्रिया