सम्बन्धले जोडिएका
प्रेमका ती हरेक पलहरू
विश्वासले हुर्किरहेका हुन्छन्
समर्पणले कसिदै जान्छन्
त्यागले अविस्मरणीय बन्छन्
हो त्यसैलाई नै अहिले
चोखो र साँचो माया र प्रेम भन्छन्।
गुलाफ होस या कुनै सुन्दर फुल
त्यो त आत्मीयताको प्रतीक हो
प्रेम त आँखामा छचल्किन्छ
भावना सँग दौडी रहेको हुन्छ
बिना आवाजको ध्वनि जस्तै
कहिल्यै नबिर्सने गरी
ह्रदय भित्र गुन्जी रहेको हुन्छ !
एउटा सुन्दर उपहार दिएर
प्रेम दिवस भन्दै मनाउला
तिम्रो आँखामा खुसी ल्याउला
अङ्गालोले छातीमा टासेर
मेरो मुटु भरी पनि सजाउला
तिम्रा रहर तथा चानाहरू पुरा गर्न
देश विदेश घुम्दै रमाउला !
तर, मेरी बुढी आमालाई
हरेक वर्ष प्रेम दिवस आउँछ
ओइलाएर जाने सुन्दर फुल होइन
तातो पानीको गिलास प्यारो लाग्छ
प्रेम दिवस भन्दै छेउमा बसेर
आमा भनेर दुई शब्द बोली दिए
बाच्ने आधार झनै बढेर जान्छ !
बाहिर देखिने माया प्रेम त
स्वार्थले भरिएको हुन्छ
धन सम्पत्तिले जोडिएको हुन्छ
निःस्वार्थ माया आमाकै हुन्छ
त्याग र समर्पणले भरिएको हुन्छ
तिम्रो मायाले मेरो ओठमा छुँदा
आमाको मायाले मुटु भित्रै छुन्छ
तिम्रो मायामा संखा होइन
दिल खोलेर मलाई भुलाई दिन्छ्यौ
अँगालोमा कसेर भए पनि
मिठो रसमा मलाई डुलाई दिन्छ्यौ
मेरा आकाङ्क्षा चाहनाहरूलाई
सहजै मलाई पिलाई दिन्छ्यौ
तिम्रो प्रेममा सदा भुलाई दिन्छ्यौ !
त्यसैले त म भन्छु
हरेक प्रेम दिवसमा बिहानै
एउटा फुल र तातो पानी लिएर जान्छु
तिमीलाई फुल दिएर
एउटा चुम्बनले प्रेम भाव जनाउँछु
तर आमालाई तातो पानी दिएर
ह्रदय भित्र राखेर सजाउँछु !!
प्रेम दिवसको सबैलाई शुभकामना !!!
बिनोद पोख्रेल
दाङ नेपाल
हालः आकाश माथि प्लेनमा उडिरहेको
(अमेरिका देखी नेपाल जाँदै गर्दा प्लेनमा कोरिएको भावना)
प्रतिक्रिया