तिमिलाई खुसी बनाउन भन मैले…………..

इनेप्लिज २०७९ माघ २९ गते १७:५३ मा प्रकाशित

तिमिलाई खुसी बनाउन भन मैले के गर्नुपर्छ 

तिम्रो दिलमा बस्न मैले के के  गर्नुपर्छ 

आयौ तिमि मेरो नजिक बोल्न खोज्छु  बोली रोकिन्छ

मुखबाट शब्द निस्कँदैन यो मनले बोल्न त खोजेको हुन्छ 

मुखबाट शब्द नै निस्कँदैन बोलौँ मैले कसरी 

माया गर्ने  मान्छे म तिमि सँग बोल्यौ कसरी

तिमि टाढा जाँदा मन किन छटपटिन्छ

यो मनका भावनाहरूले तिम्रो बारेमा वर्णन गर्छ

भावहरू खोल्नु कसो गरी रिसाउँछौ कि डर लाग्छ

तिम्रो दिलमा बस्न मैले के के गर्नुपर्छ

मेरो मनका कुराहरू तिमिले बुझिदेऊ न 

मायाको वर्षा गरी  मन लाई शान्त बनाउन

तिम्रो सामु आउन डर लाग्छ सम्झाउनु मैले कसरी   

माया गर्ने  मान्छे म तिमि सँग बोल्यौ कसरी     

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया