लघुवित्तले उत्पादन क्षेत्रमा कर्जा लगानी गर्नु पर्छ – जेष्ठ नागरिक मन्त्री चौधरी

इनेप्लिज २०७९ माघ २९ गते १६:२० मा प्रकाशित

विराटनगर,२९ माघ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले लघुवित्तले उत्पादनमा क्षेत्रमा ऋण लगानी लगाउनु गर्नेपर्ने बताउनु भएको छ।

प्रदेश नं १ प्रथम प्रादेशिक लघुवित्त सदस्यहरुको सम्मेलन–२०७९ को आज यहाँ उद्घाटन गर्दै उहाँले शिप, उद्यमशिलता र बजार खोजी मुलुकलाई आर्थिक समृद्धितर्फ डो¥याउनु पर्नेमा जोड दिनु भयो ।

मन्त्री चौधरीले लघुवित्तको कारण मुलुकमा आर्थिक उपार्जन भई २० प्रतिशत महिलाहरु साना उद्यमी हुन सक्षम भई समाजमा रोजगारी सिर्जना गर्न सफल भएको धारणा राख्नु भयो ।

मन्त्री चौधरी लघुवित्तमा ज्यादा मुनाफा आर्जन गर्नका लागि वर्तमान अवस्थामा विकृति , विसंगति र वेथिति हुने गरेको चर्चा गर्दै यसलाई सच्चाउन नेपाल राष्ट्र बैंकले निरीक्षण र अनुगमन गर्नुपर्ने आवश्यक्त्ता औल्याउनु भयो ।

मन्त्री चौधरीले लघुवित्तका कारण महिलाहरु नेतृत्वदायी भूमिका आउन सफल भएको विचार राख्दै धेरै समुदायमा आर्थिक उन्नति , छोराछोरीलाई उच्च शिक्षा र घरवार जोड्न सफल भएको विचार राख्नु भयो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रले मुलुकमा लुघुवित्तले महिला शसक्तिकरणमा गरेको योगदानको प्रशंसा गर्दै केही संस्थाले एक वर्षे कर्जालाई वर्षमा चार पटक नविकरण गर्ने कार्य गरेमा अविलम्व सच्चाउन आग्रह गर्नु भयो ।

कार्यक्रममका संयोजक एवं जीवन विकास समाजका कार्यकारी निर्देशक संजयकुमार भण्डाल र स्वावलम्वन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तका कर्मचारी र सदस्यहरुलाई वित्तिय साक्षरता सम्बन्धि तालीम दिई विपन्न क्षेत्रमा स्वरोजगारलाई बलियो बनाउन कर्जा लगानी गर्ने अभियानमा लाग्नुपर्ने बताउनु भयो ।

सम्मेलनले लघुवित्त क्षेत्रमा देखिएका समस्या र ऋणीले लिएको कर्जा रकमको सही सदुपयोग नभएका विषयमा समस्या समाधानका लागि सुझाव संकलन गर्नु रहेको छ।

सम्मेलनमा प्रदेशिक र राष्ट्रिय गरी पाँच लघुवित्तका चार सय सदस्यहरुको सहभागिता रहेको रहेको छ ।

सोही अवसरमा मन्त्री चौधरीले मणिकुमार अर्यालद्वारा लिखित ‘मेरो पुर्खाको गाथा र मेरो कथा ’ पुस्तकको विमाचन गर्नु भयो ।

प्रतिक्रिया