सामान्य कथा: दर्शनीय सिनेमा

नवीन रायमाझी २०७९ माघ २९ गते १५:४९ मा प्रकाशित

भारत पाकिस्थान बिचको सत्रुता को बिषयमा यश राज फ्लिम्स को जासुसी कथा मा आधारित सिनेमा “पठान” गत हफ्ता रिलिज भएको हो. पटक पटक दोहरिएको बिषय भए पनि सुपर स्टार हरुको जमघट भएको कारण यो सिनेमा ले सफलता को सबै रेकर्ड कायम गरेको छ र सिनेमाको भाषा मा भन्दा “ब्लक बस्टर” भइसकेको छ।

सिनेमा को कथा अनुसार भारत ले जम्मु र कश्मिर लाई स्वायत्तता प्रदान गर्ने अनुच्छेद ३७० रद्द गरे पछि पाकिस्थान ले भारत सँग बदला लिन भारत कै जासुसी सँस्था रिसर्च एन्ड एनलाइसिस विङ्ग (र) को पुर्ब जासुस जिम (जोन अब्राहम) को नेतृत्व मा भारत मा आतङ्क फैलाउन “आउटफिट एक्स” नामको एक समुह सँग सहयोग लिन्छ. धेरै पहिले जिम को गर्भवती श्रीमती लाई भुलबस उनकै अगाडी भारत को सेना ले क्रुरतापुर्बक मारेको हुन्छ र त्यसको बदला लिन जिम ले पाकिस्थान सँग मिलेर आफ्नै देश मा आतङ्क फैलाउने कार्य गर्दछ. यस्तो विकट स्थिति सँग लड्न इन्डियन इन्टेलिजेन्स फोर्स कि प्रमुख नन्दिनी (डिम्पल कपाडिया) र फोर्स को कर्नेल लूथरा (आशुतोष राणा) ले आफ्नो सबैभन्दा योग्य एजेन्ट पठान (साहरुख खान) लाई नियुक्त गर्छन, जसको भेट पाकिस्थानी जासुसी सँस्था आइ एस आइ कि एजेन्ट रुबिना मोहसिन (दिपिका पादुकोणे) सँग हुन्छ. पठान र रुबिनाको प्रेम हुन्छ? रुबिना ले पठान लाई सहयोग गर्छिन वा धोका दिन्छिन? जिम र पठान आफ्नो आफ्नो उदेश्य मा सफल हुन्छन? यसको जवाफ पाउन भने सिनेमा नै हेर्नुपर्छ।

कलाकार हरुको अभिनय को बारेमा भन्ने हो भने सबै कलाकार हरु सुपर स्टार छन् र यिनीहरुको अनुहार नै बिक्ने हुँदा अभिनय को बारेमा कुनै टिपण्णि गर्न सकिन्न. सिनेमा मा केहि समय को लागी सलमान खान लाई पनि देखाइएको छ. डिम्पल कपाडिया र आशुतोष राणाको अभिनय उत्कृष्ट छ र अन्य सह कलाकार हरुको अभिनय सामान्य छ. दिपिका पादुकोणे ले आफ्नो आकर्षक शरीर को खुलेर प्रदर्सन गरेकी छिन र दर्शक हरुलाई रोमान्चकता दिएकि छिन. साहरुख खान र जोन अब्राहम को एक्सन दृश अत्यन्तै डरलाग्दो छ ।

कथा कुनै खास नभए पनि आफ्नै कथा र अब्बास टायरवाला (सम्बाद) र सिदार्थ राघबन (पटकथा) को सहयोग मा निर्देशक सिदार्थ आनन्द ले सिनेमा को गति लाई निरन्तरता दिएर दर्शक हरुलाई बाँधेर राख्न सफल छन्. यसको श्रेय सम्पादक आरिफ सेख लाई जान्छ. दुबई, पेरिस, अफगानिस्थान र अफ्रिका को सुन्दर दृश लाई आफ्नो क्यामरा मा कैद गर्न सिनेमोटोग्राफर सत्चिथ पाउलोसे सफल छन्. एक्सन दृश्य मा मोटरसाइकल दौड, हेलीक्राफ्टर र समुन्द्र भित्र को फाइट र पहाड मा उडेको ट्रेन को दृश्य लाई भी एफ एक्स को सहायता मा मेरिलो डिसिल्भा ले रोमान्चक बनाएका छन्. “बेसरम रङ्ग” र “झुमे जो पठान” बोलका गित हरु सिनेमा रिलिज हुनुभन्दा पहिले नै हिट भइसकेका छन्।

मनोरन्जनको लागी यो सिनेमा हेर्दा टिकट को पैसा खेर गएको जस्तो लाग्दैन तर भारत – पाकिस्थान को कश्मिर समस्या को बारेमा जानकारी नभएका दर्शक हरु अलमलिने समस्या हुन जान्छ. यदी तपाईं एक्सन सिनेमा को पारखी हुनुहुन्छ भने यो सिनेमा अबश्य हेर्नुहोला।
twitter@naviinr

–नवीन रायमाझी

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया