बोल्न खोजेको थिए मैले तिमि सँग…………..

इनेप्लिज २०७९ माघ २९ गते १२:३० मा प्रकाशित

बोल्न खोजेको थिए मैले तिमि सँग नबोलेर गयौ
जान त टाढा गयौ यो दिलले तिमिलाई खोजिरह्यो

तिमिले पनि मलाई मन भित्रको कुरा भन्न सकिनौ
मेरो लागि दुनियाँ सँग लड्ने तिमि एक शब्द बोलिनौ
मेरो लागि भनेर तिमिले देवीदेवता पुजेकी रहेछौ
आफ्नो मन भित्रका कुरा भन्न गाह्रो मानेकी रहेछौ

तिम्रो मन भित्रका कुराहरू मैले बुझिसके
यो जीवन जिउन तिम्रो साथ रोजिसके
तिमि सँग कुराकानी गरेर समय बिताउन चाहन्छु
मैले तिमिलाई सधैँ सुखी राख्न चाहन्छु

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया