एक्स्पोले आर्थिक चलायमान कार्य उच्च बनाएको –मुख्यमन्त्री कार्की

इनेप्लिज २०७९ माघ २९ गते ११:३० मा प्रकाशित

विराटनगर,२८ माघ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी एक्स्पोले यस क्षेत्रमा आर्थिक चलायमान गर्ने कार्य उच्च बनाएको बताउनु भएको छ ।

नेपाल उद्योग परिसङ्घ प्रदेश समितिद्वारा विराटनगर–२ स्थित सङकरपुरमा माघ १९ गतेदेखि सञ्चालित ‘सिएनआई कोशी एक्स्पो–२०७९’ को आज यहाँ आयोजित समापनका अवसरमा उहाँले सो विचार व्यक्त्त गर्नु भएको हो ।

मुख्यमन्त्री कार्कीले सरकारको अर्थ नीति र राष्ट्र बैंकको मौद्रिक नीतिले उद्यामीहरु व्याज वृद्धि दर तथा लगानी बन्दको कारण आफ्नो घाँटी कँसिएको अनुभव गरिरहेका छन् भन्दै व्याजदर वृद्धि घटाउन सहज ऋण उपलव्ध गराउने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्नु भयो ।

उहाँले प्रदेश सरकारले विराटनगरमा प्रदर्शनी स्थल निर्माणका लागि महानगरपालिकाले विवादरहित जग्गा र नीजि क्षेत्रले नक्सा उपलव्ध गराएमा आगामी बर्षदेखि निर्माण कार्य शुरु गराउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले शैक्षिक, धार्मिक ,स्वास्थ्य उपचार, प्राकृतिक पर्यटक आवागमनका लागि विराटनगरमा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारको साथ र सहयोग सदैव रहने विचार राख्नु भयो ।

महिला , बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरीले प्रदेश सरकारले यस क्षेत्रमा निर्यातमुलुक उद्योग स्थापनामा सहज वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री वृद्धिकुमार राजभण्डारीले एक्स्पोले उत्तर दक्षिण, पूर्वमेची देखि पश्चिम महाकालीसम्म जोडेर आर्थिक रुपमा चलखेल गर्न सफल रहेको धारणा राख्नु भयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले त्रिदेशीय व्यापारी राजमार्गको रुपमा रहेको किमाथाङका – जोगवनी सडक अविलम्व निर्माण गर्नुपर्ने आवश्यक्त्ता औल्याउनु भयो ।

परिसङ्घका अध्यक्ष भीम घिमिरे, सह संयोजक गिरीजा शारडाले एक्स्पोमा मुलकका दुर्गम क्षेत्रका घरेलु तथा कृषि उत्पादनहरुको प्रवद्र्धन गर्न सकेकोमा खुशी व्यक्त्त गर्नु भयो ।

दश दिनसम्म सञ्चालन भएका एक्स्पोमा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका औद्योगीक उत्पादनका ४०० स्टल रहेका थिए ।

मेलामा वस्तु, सेवा विक्री हुनुका साथै सन्ध्याँकालीन सांगितिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

एक्स्पामा नेपाल र भारतीय सीमावर्ती नगरका करीव चार लाख नागरिकहरुले अवलोकन गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया