टर्की र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या २५ हजार नाघ्यो

इनेप्लिज २०७९ माघ २८ गते १७:२८ मा प्रकाशित

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पपछि मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानका अनुसार टर्कीमा मारिनेको संख्या २१,८४८ पुगेको छ। शनिबार दक्षिणपूर्वी शहर सानलिउर्फामा बोल्दै एर्दोगानले ८० हजार १०४ जना घाइते भएको बताए ।

सिरियामा मृत्युको कुल संख्या ३,५५३ पुगेको छ । उत्तरपश्चिममा विद्रोही-नियन्त्रित क्षेत्रहरूमा २,१६६ पुगेको ह्वाइट हेल्मेट नागरिक रक्षा समूहले जनाएको छ ।

सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार सिरियाका सरकारी नियन्त्रित भागहरूमा १,३८७ जनाको मृत्यु भएको छ।

सिरियाका सबै प्रभावित क्षेत्रमा जम्मा ५,२७३ जना घाइते भएका छन्, जसमा २,३२६ सरकारी नियन्त्रित क्षेत्रमा र २,९५० विद्रोही नियन्त्रित क्षेत्रमा छन्।

प्रतिक्रिया