सुदुरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन हुने– मन्त्री चौधरी

इनेप्लिज २०७९ माघ २८ गते १२:०३ मा प्रकाशित

विराटनगर,२८ माघ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुदुरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन हुने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको छोटो कुराकानीमा उहाँले नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको प्रदेश सरकारलाई राष्ट्रिय उन्मुक्ति पार्टीले विश्वासको मत दिने छैन र पुनः निर्वाचन हुने प्रष्ट पार्नु भयो ।

मन्त्री चौधरीले शक्त्ति सन्तुलनका अनुसार समयमै भागबण्डा मिलाउन नसक्दा उक्त्त प्रदेशमा सरकार फेरबदल भएको विचार राख्नु भयो ।

उहाँले भन्नु भयो –राष्ट्रिय उन्मुक्ति पार्टीसँग समयमा सहमती कायम हुन सकेको भए मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने अवस्था आउने थिएन’ ।

मन्त्री चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी पुनः सरकारमा ल्याउने सम्बन्धमा छलफल एवं कुराकानी भैरहेको जानकारी दिनु भयो ।

प्रतिक्रिया