राष्ट्रपति पदका लागि राजनितिक व्यक्त्ति उम्मेदवार हुनुपर्छ– पूर्वप्रधानमन्त्री खनाल

इनेप्लिज २०७९ माघ २८ गते ११:५९ मा प्रकाशित

विराटनगर,२८ माघ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति हुनु पर्ने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै उहाँले भन्नु भयो – ‘स्वतन्त्र व्यक्त्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक्दैन्न’ । नेता खनालले संविधानले परिकल्पना गरेको मापदण्डका आधारित भएर राम्रो राजनीतिक व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाएमा सहमती कायम हुने सक्ने विचार राख्नु भयो ।

उहाँले राष्ट्रपति एउटा महत्वपूर्ण पद भएकाले एउटा राम्रो मान्छेलाई पु¥याउनु पर्ने विचार व्यक्त्त गर्नु भयो । नेता खनालले राष्ट्रपति पदमा पार्टीले उम्मेदवार दिने सम्वन्धमा धेरै नसोचेको बताउँदै राष्ट्रपति निर्वाचित हुनका लागि ५२ हजार मत चाहिनेमा पार्टीसँग दुई हजार ५०० मत मात्र रहेको स्पष्ट पार्नु भयो ।

उहाँले संविधानको भाग ४ ले परिकल्पना गरेको नेपाल बनाउन ,मुलुकलाई स्थिरता दिन, प्रगतितर्फ अगाडि वढाउनमा आवश्यक सहयोग गर्ने धारणा व्यक्त्त गर्नु भयो ।

एक प्रश्नको जवाफमा उहाँले वर्तमान सरकारमा सहभागी नहुने प्रष्ट पार्नु भयो ।

वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री खनालले समाजवादका पक्षधरका शक्तिहरुबीच एकतावद्ध भएर मुलुकलाई समाजवादतर्फ लैजान मोर्चा निर्माण गरि जाने सम्बन्धनमा आवश्यक छलफल भैरहेको जानकारी दिनु भयो ।

प्रतिक्रिया