वास्तविक कुरा थाहा पाएर मात्र दोष लगाउन अनुरोध

डिग बहादुर तामाङ्ग २०७९ माघ २८ गते ४:०५ मा प्रकाशित

अमेरिका स्थित,वासीङटन डिसीमा रहेका नेपाली राजदूतावासले, केहि समय देखि विभिन्न ५० वटै राज्यमा बसोबास गरि रहनु भएका नेपालीहरुको राहदानी नविकरण सामान्य प्रकारका कन्सुलर सेवा घुम्ती सेवा प्रदान गर्दै आएका थिए । तर दुर्भाग्यबस गत बर्षको डिसेम्बर महिनामा तिन व्यक्ति मिशन नेपाल राजदूतावासले टेक्सास राज्यका विभिन्न ठाँउमा खटाइएका थिए तर नेपाली नागरिकहरुसंग संकलन गरिएको धनादेश –मनिअर्डरहरु भएको व्याग गाडिमै राखेर खाजाखाना जाँदा गाडिलाई फुटाएर चोरले लगे । तुरुन्त सम्बन्धि निकायहरु, अमेरिकी सरकारका कुटनैतिक सुरक्षा गर्ने प्रहरी लगायत, विभिन्न निकायहरुमा खबर भएको व्यहोरा राजदूतावासको विज्ञप्तिबाट जानकारी आयो । तर हामीले चुरो कुरालाई वास्ता नगरी विभिन्न प्रकारका लान्छानाहरु राजदूत लगायत सम्पूर्ण राजदूतावासका कर्मचारीहरुलाई लगाईयो ।

हामीले सहि कुरा बुज्न आवश्यक थियो, त्यो के भने कुनैपनि निवेदकले आफनो सम्पूर्ण कागजातहरुको साथमा राहदानी नविकरण शुल्क बापत तिरेको मनिअर्डर चोरि भयो वा हरायो भने त्यस्को अधकट्टि रसिद लिएर भुक्तानी रोक्का गरेर त्यसको साट्टो अर्को मनिअर्डर पठाएको भए सायद हामी सेवाग्राहीले धेरै समय कुर्न पर्दैन थियो । राजस्वलाई मिनाह गर्ने अधिकार महामहिमलाई हुदेैन थियो र छैन भन्ने ज्ञान थाह पाँउदा पाँउदै पनि राजदूतलाई अनवाश्यक लान्छना लगाइयो । यदि नेपाल सरकारले यो समाचार पाँउने वित्तिकै नेपालको राजपत्रमा हराएको धनादेशहरुको भुक्तानी मिनाह गरि तुरुन्त राहदानी जारी गरि दिनु भन्ने आदेश आएर पनि राहदानी नविकरण नगरेको भए हामीले राजदूतावासलाई गालि गर्न सोहाउने थियो । तर हालै आएर हराएको धनादेशहरुको सट्टा अर्को धनादेश पठाउने सेवाग्राहीहरुको राहदानी जारी गरिएको व्यहोरा जानकारी राजदूतावसको सूचनामा प्रकाशित भएको समाचार पढन पाँउदा हामीलाई के थाह भो भने राजदूतावासको नियत प्रति गर्वको महसूस भएको छ । मेरो ब्यक्तिगत अनुरोध सबै पत्रकार साथिहरुलाई कमसेकम सहितवरको आलोचना गरि दिनु होला । सबै कर्मचारीहरु चोर र घुस्याह हुदैनन् जानी जानी टेक्सासमा मनिअर्डरहरु फ्याँकेको होइन चोरले गाडिलाई नै फोडर लगेपछि चोर पत्ता लाउने काम हामी सबैलाई थाह भएकै जानकारी हो त्यो काम प्रहरीको हो। मानिसलाई भए भरको शव्द प्रयोग गरि गाली गर्नुभन्दा पहिले वास्तविक बुझेर समाचार लेखि दिनु भएको भए, आम सेवाग्राहीहरुले वास्विकता थाह पाउने थियो नि होइन र ?

डिग बहादुर तामाङ्ग, भेडापु, दोलाखा ।

प्रतिक्रिया