रोजगारमुलुक प्राविधिक शिक्षाका लागि रु एक करोडको फाउण्डेशन स्थापना

इनेप्लिज २०७९ माघ २६ गते २३:३१ मा प्रकाशित

विराटनगर,२६ माघ । समाजमा पछाडि परेका वर्गहरुलाई प्राविधिक शिक्षामार्फत स्वरोजगारमूलक बनाउनका लागि आज यहाँ फाउण्डेशन स्थापना गरी सार्वजनिकीकरण गरिएको छ।

डा अभिनारायण घिमिरे सुशिला घिमिरे फाउण्डेशनले रु एक करोडको अक्षय कोष स्थापना गरी गरीव विद्यार्थीहरुलाई छात्रवृत्ति ,जेष्ठ नागरिक आवास गृह निर्माण तथा सञ्चालन, रोजगारीमुलक शिक्षा तथा सीप विकास तालीम, स्वास्थ्य, सरसफाई, पोषण , सीमान्तक्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन लगायतका सामाजिक कार्य गर्ने फाउण्डेशनको स्थापना गरिएको अध्यक्ष त्रिलोक न्यौपानेले बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समाजसेवा क्षेत्रमा शिक्षा र स्वास्थ्य मुख्य रहेकोले यसमा थप सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त्त गर्नुभयो ।

महानगरका उपप्रमुख शिल्पा निराला कार्कीले बालबालिका, जेष्ठ नागरिक र शिक्षा क्षेत्रमा फाउण्डेशले गर्ने सहयोग कार्यबाट गर्व लागेको विचार राख्नु भयो ।

फाउण्डेशनका संरक्षक डा अभिनारायण घिमिरे र डा सीपी उपाध्यायले गरीव दुःखीको सेवाका साथै रोजगारका शिपमुलक शिक्षा प्रदान गर्नु मुख्य उद्देश्य रहेको विचार व्यक्त्त गर्नु भयो ।

प्रतिक्रिया