रविले सधैं राम्रा काम गर्ने अपराध गरेको छ !

रमेश ढकाल भद्रपुर–झापा (हाल दोहा–कतार) २०७९ माघ २६ गते २३:१९ मा प्रकाशित

हाम्रो देशमा आज सम्म जुन परिवर्तनहरु आएका छन्, यी सबै परिवर्तनहरुमा मिडिया याने सञ्चार माध्यमको सधैं महत्त्वपूर्ण भूमिका रहनेगरेको छ । देश भित्र हुने हरेक परिवर्तन वा उथलपुथलमा सञ्चार माध्यम मेरुदण्डको रुपमा उभिने भएकोले नै होला, सञ्चार माध्यम अथवा पत्रकारितालाई राज्यको चौथो अंग मानिन्छ ।

तिमी राम्रो काम गर्ने अपराध सधैं गरिराख, आमजनताले तिमीलाई सधैं न्याय गर्ने छन् ।

सञ्चार माध्यम आवाजबिहीन नागरिकहरुको आवाज हो । स्वतन्त्र र निस्पक्ष भएर समाचार सप्रेषण गर्नु सञ्चार माध्यमको धर्म नै हो । यसो भन्दै गर्दा, मिडियाले हरेक अवस्थामा अदालली शैलीमा सही र गलतको वकालत मात्र गरिरहेको हुँदैन । कुनै विशेष अवस्था वा समयमा, मिडिया सही र गलत भन्दा माथि उठ्न सक्नु पर्छ । किनभने कहिलेकाही के सही र के गलत भन्दा पनि, ’के सबैभन्दा आवश्यक छ’ भन्ने कुरा देशका आमनागरिकका लागि धेरै महत्वपूर्ण हुन आउछ ।

एउटा देश भक्त पत्रकारले देश भित्रका हरेक अवस्था वा परिस्थितीलाई विद्यमान कानुनको तराजुमा राखेर मात्र समाचार बनाउदैन, उसले समाचार बनाउदा, देश र आम जनताको हितलाई केन्द्रमा राखेर समाचार बनाएको हुनुपर्छ । सँच्चा पत्रकारले समाचार बनाउदा प्रकाशक हैन, आफ्नो अन्तर आत्माको आवाजलाई सुन्ने गर्छ । एउटा आमनागरिकको आँखा बाट हेर्दा, कहाँ नहुन पर्ने कुरा भयो र कहाँ हुनपर्ने कुरा भएको छैन भन्ने तथ्यलाई औंल्याई दिनु एउटा सँच्चा पत्रकारको कर्तव्य हो । देश तथा समाजमा शान्ति र सुव्यवस्था कायमा गर्ने सवालमा सञ्चार माध्यम एउटा पहरेदार हो ।

खैर, कुनै व्यक्तिले पत्रकारको परिचय पत्र पाउँदैमा ऊ चौथो अंगको सम्मान योग्य बन्न सक्दैन । सञ्चार माध्यमलाई त्यतिकै राज्यको चौथो अंग भनेर सम्मान गरिएको हैन । यो सम्मान त उसले देश र आमनागरिक प्रतिको उसको सेवा र कर्तव्यबाट आर्जन गरेको हो । पत्रिका प्रकाशकका लागि पत्रिका प्रकाशन पैसा कमाउने व्यवसाय हुनसक्छ । तर पत्रिकामा काम गर्ने सम्पादक तथा संवाददाताहरुका लागि पत्रकारिता एउटा पेसा मात्र हैन, धर्म पनि हो ।

तर हिजोआज तपाईं हामी जस्ता आम मानिसलाइ पत्रकारिताको रुप, चरित्र र धर्म फेरिएको महसुस हुनथालेको छ । राज्यको चौथो अंगको रुपमा प्राप्त गौरव र गरिमालाई कतिपय मिडिया र पत्रकारहरुले कलङ्कित तुल्याउन थालेका छन् ।

तर हिजोआज तपाईं हामी जस्ता आम मानिसलाइ पत्रकारिताको रुप, चरित्र र धर्म फेरिएको महसुस हुनथालेको छ । राज्यको चौथो अंगको रुपमा प्राप्त गौरव र गरिमालाई कतिपय मिडिया र पत्रकारहरुले कलङ्कित तुल्याउन थालेका छन् । अधिकांश सञ्चार माध्यम भित्र सामाजिक उत्तरदायित्व हराउदै गएको छ ।

पत्रकारिता राजनीतिक प्रचारबाजीको एउटा साधन बनेको छ । वर्तमान समयमा यो अझ धेरै व्यापारमूखी, उत्तेजनापूर्ण र पूर्वाग्रही बन्दै गएको हामी सबैले महसुस गर्दै आएका छौँ । अधिकांश मिडिया हाउसहरु निहित स्वार्थ र समूहबाट सञ्चालित छन् भन्ने कुरा तपाईं हामी कसैबाट छिपेको छैन ।

वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईं स्वयमले केही वर्ष पहिला आफ्नो एउटा लेखमा लेख्नु भएको थियो ’स्वतन्त्रता, निष्पक्षता, धैर्यता, वस्तुगत, सन्तुलनजस्ता मान्यताहरु विज्ञापनको टोकरीमा फालेर आग्रह, पूर्वाग्रह र स्वार्थहरु समाचारको टोकरीबाट झिकेर हामी छाती फुलाएर कलम चलाइरहेकै छौं । जीवन्त चलिरहने यस पेसामा विषादी भर्ने काम सञ्चार सस्थाका सञ्चालक र पत्रकारहरुबाटै भएका छन् । पीत पत्रकारितालाई नियन्त्रण गर्न कानुन, आचारसंहिता बने पनि हामी त्यसको ख्याल गर्दैनौं । हामीमा घमण्ड छ, किनकि हामी पत्रकार हौं ।’

विडम्बना नै भनौँ, पत्रकारिताको स्तरमा सुधार आउनुको बद्ला, यो अझ धेरै कलङ्कित बन्दै गएको देखिन्छ । शायद, केहीदिन पहिला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेजीले विभिन्न सञ्चार समुह तथा सञ्चारकर्मीहरुका बारेमा दिएको प्रतिकृया, हाम्रा सञ्चार माध्यम तथा पत्रकारितामा आएको क्षयीकरणको उपज नै थियो भन्दा अतियुक्ति नहोला । रविजीको मिडिया प्रतिको आक्रोशका बारेमा बहस गर्न सकिन्छ । उनमा सम्यमताको अभाव देखिएकै हो । तर यो भन्दा पनि पहिला बहस गर्नु पर्ने बिषय – के हाम्रो देशका ठुला मिडिया हाउसहरु साँच्चिकै निष्पक्ष छन् त ? रविको सम्यमताको बाँध तोड्ने काममा हाम्रा मिडियाहरु पनि जिम्मेवार छैनन् र ?

एउटा अर्को अपराध पनि गर – तिमी विचलित नबन । तिमी वीर थियौ, छौ र सधैं रहिरहनु ।

रवि लामिछाने एउटा पक्का नेपाली नागरिक हुन् । उनी बाट केही कमिकमजोरीहरु भए तर ति कमजोरीहरु नियतबस भने भएका थिएनन् । उनको नियत खराब भएको हुन्थ्यो भने त्यस्ता सामान्य कमजोरीहरु उनले पहिलेनै सँच्याइ सकेका हुने थिए । खैर, उनले प्रयोग गरेको नागरिकतामा केही प्रकृयागत त्रुटि देखिएकाले अदालतले उनलाई नयाँ नागरिकता लिन आदेस दियो, साथै उनलाई मन्त्री तथा पार्टी अध्यक्षको भूमिका बाट पनि हटायो । अदालतको आदेस पछि भलै उनलाई पर्सि पल्टै उही नम्बर र मिति राखिएको नयाँ नागरिकता प्राप्त भयो, तर यसले सिर्जना गरेका अन्य गम्भीर प्रतिकूल परिस्थितिको सामना भने उनले गरिरहेकै थिए, छन् ।

यो दौरानमा उनलाई विभिन्न सञ्चार समुहहरुले यसरी लखेटिराखेका छन्, मानौ उनी एउटा ठुलो अपराधी वा देशद्रोही हुन् । आज जसरी विभिन्न सञ्चार समुहहरु मिलेर रवि लामिछानेलाई लखिटिराखेका छन्, यसै गरेर आयल निगमको जग्गा खरिद प्रकरण, कोभिडको औषधि खरिद प्रकरण, वाइडवडी जहाज खरिद प्रकरण, मधेश प्रदेशको साइकल खरिद प्रकरण, हयात जग्गा प्रकरण, ललिता निवास जग्गा प्रकरण, नेपाल ट्रष्टको जग्गा भाडामा दिदा भएको कमिशनको खेल लगायतका ठुला ठुला भ्रष्टाचार र अनियमिततामा मुछिएका सबै भ्रष्टहरुलाई लखेट्न सकेका भए, आज ती सबै भ्रष्टहरु जंगलको धुर्वे हात्ती जस्तै छाडा भएर घुम्नुको बद्लामा जेलको हावा खाँदै गरेका हुनेथिए ।

अहिले के स्पष्ट छ भने, केही निष्ठावान राष्ट्रसेवक र मिडियाकर्मीहरुलाई छोडेर, अदालत देखी हाम्रा मिडिया हाउस सम्म देश र आम नागरिकका पक्षमा नभएर राजनीतिक दल र तिनका नेता तथा विभिन्न व्यपारी तथा बिचौलियाहरुको पक्षमा काम गर्दछन् । उनिहरु राजनीतिक दल तथा तिनका नेताहरुको स्वार्थ अनुरुप सरकार बनाउने र गिराउने खेलमा सामेल हुन्छन् । भित्रभित्रै उनिहरु आफुलाई असली किङ्ग मेकर ठान्दछन् ।

ठुला मिडियाको यस्तो हाउगुजी फैलिएको अवस्थामा, केही महिना पहिला मात्र मिडिया क्षेत्रमा नै काम गरेर व्यापक लोकप्रियता हासिल गरेको एउटा सामान्य युवक एकाएक राजनीतिमा आएर नयाँ पार्टी खोल्छ, चुनावमा भाग लिन्छ, र अप्रत्याशित सफलता हासिल गर्दै एकैचोटी देशको उपप्रधान तथा गृहमन्त्री बन्न पुग्दा – ऊ नेपालका ठुला ठुला मिडिया हाउसहरुको आँखाको कसिङ्गर बन्न पुग्यो । भ्रष्टाचारी, दलाली र बिचौलियाहरु संगको साँठगाँठमा सधैं मनोमानी गर्न पल्केका सबैको सास रोकियो । त्यसैले आज नेपालका प्राय सबै नाम चलेका मिडियाहरु उसलाई अपराधी घोषित गर्न र सजाय दिलाउन आतुर देखिन्छन् ।

हो, रवि अपराधी हो, किनकी उसले देश विदेशमा रहेका तमाम शोषित, पीडित, अन्यायमा परेका आमनागरिकहरुको पक्षमा निडर बनेर निरन्तर काम गर्यो । दुर्गम कालीकोटमा अस्पातल खोलेर रविले अपराध गर्यो ।

हो, रवि अपराधी हो, किनकी उसले देश विदेशमा रहेका तमाम शोषित, पीडित, अन्यायमा परेका आमनागरिकहरुको पक्षमा निडर बनेर निरन्तर काम गर्यो । दुर्गम कालीकोटमा अस्पातल खोलेर रविले अपराध गर्यो । सप्तरीका बाढी पीडित मुसहर परिवारहरुका लागि घर बनाएर रविले अपराध गर्यो । आवाजविहीन र साहराबिहीनहरुका लागि आवाज र साहरा बनेर रविले मलाई नाम कमाउन रहर छ, तर म सत्कर्म गरेर नाम कमाउन चाहान्छु भनेर पनि अपराध गर्यो ।

गृहमन्त्रीका रुपमा पुग नपुग एक महिना काम गर्दा, रविले अबैध क्रसर उद्योगहरु बन्द गरे । विभिन्न बहानामा घरको कामदारका रुपमा प्रगोग गरेर राखिएका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाए । वर्दीसंगका प्रहरीलाई नेताहरुसंगको भेटघाटमा रोक लगाए । प्रहरीको सरुवा अथवा बढुवामा पैसाको चलेखेल हैन, कार्यसम्पादनका आधारमा मात्र गरिने सिस्टम बसाले ।

गृहमन्त्रीका रुपमा पुग नपुग एक महिना काम गर्दा, रविले अबैध क्रसर उद्योगहरु बन्द गरे । विभिन्न बहानामा घरको कामदारका रुपमा प्रगोग गरेर राखिएका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाए । वर्दीसंगका प्रहरीलाई नेताहरुसंगको भेटघाटमा रोक लगाए । प्रहरीको सरुवा अथवा बढुवामा पैसाको चलेखेल हैन, कार्यसम्पादनका आधारमा मात्र गरिने सिस्टम बसाले । सिंहदरबार आमनागरिकहरुका लागि पनि खुला हुने बन्दोबस्त मिलाए । ३०–३१ दिन गृहमन्त्रीका रुपमा काम गर्दा, देशका आम नागरिकहरुलाई यो देशमा सरकार छ भन्नेकुराको अनुभुति मात्र दिलाएनन्, उनले हरेक नागरिकको मनमा एउटा आशा, भरोसा र विश्वास पनि जगाए ।

यी सबै राम्रा काम गरेर रविले साँच्चिकै अपराध गरेको छ । खैर, रवि तिमीले यतिका धेरै अपराध गर्यौ, एउटा अर्को अपराध पनि गर – तिमी विचलित नबन । तिमी वीर थियौ, छौ र सधैं रहिरहनु । तिमी जुन बाटोमा हिडिराखेको छौ, त्यो बाटोमा तिमीलाई रोक्न खोज्ने, छेक्न खोज्ने, खुट्टा तान्न वा लडाउन खोज्नेहरु धेरै भेट्टिने छन्, भेट्टिरहने छन् । तिमीले ती सबै बाधा, विघ्न तथा चुनौतीहरुलाई नडगमगाइकन, विचलित नभैकन सामना गर्न सक्नु पर्छ । तिमी राम्रो काम गर्ने अपराध सधैं गरिराख, आमजनताले तिमीलाई सधैं न्याय गर्ने छन् ।

रमेश ढकाल
भद्रपुर–झापा (हाल दोहा–कतार)
[email protected]

प्रतिक्रिया