गरिब र धनी सबै समान छन् । सबैले निर्धक्कसँग बाँच्न पाउनुपर्छ । यस्तै भावहरु ओकल्दै गरिब दुःखीको लागि आफ्नो जीउज्यानसमेत दिन कहिल्यै पछि हट्दैनथ्यो सीताराम । त्यसैले उसलाई सबैले राम्रो मान्दथे । जहाँ पनि उसकै गुणगानको चर्चा हुन्थ्यो । भनौन एउटा सज्जन व्यक्तिको रुपमा थियो, समाजका लागि । वैशाखी थियो गरिब दुःखीको लागि । त्यसैले उसलाई पट्याउने धेरै थिएँ ।
तर समयको अन्तरालसँगै सीतारामको बाबुले आफ्नो जागिर छाडेर पेन्सन पकाएर घरमा नाँच गर्दै पछि जुवातास खेलेर जाडरक्सी खाएर आफ्नो घरको सर्वसम्पत्ति नास गर्दै गए र सीतारामको घरमा खान र लाउन पनि गाह्रो पर्न थाल्यो ।
समाजको अगाडि भाउ पनि घट्तै गयो र अब थाहा पायो उसले पैसा के रहेछ भन्ने कुरा । यस्तै अब ओकल्दै गाउलेहरुले उसलाई हेला गरेर थप्पडी मार्न थाले । अर्थात् केही समय अगाडि जसका सामु ऊ सज्जन व्यक्तिको रुपमा मानिएको थियो । तिनैका लागि अब ऊ तिरस्कृत भएको छ । आफूलाई गरिब दुःखीको सेवामा समर्पित गरेर ऊ आज आफैँ भिखारी बन्न पुगेको छ ।
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
प्रतिक्रिया