सामाजिक सञ्जालको सुरक्षित प्रयोग गर्न जोड

इनेप्लिज २०७९ माघ २६ गते ११:०८ मा प्रकाशित

विराटनगर,२६ माघ । सामाजिक सञ्जालको प्रयोग गर्दा सावधानी एवं सुरक्षित रुपमा गर्न आग्रह गरिएको छ।

अपिल मिडिया प्रालि काठमाण्डौं र नेपाल दुर सञ्चार प्राधिकरणद्वारा आज विराटनगर–८ स्थित महेन्द्र माविका कक्षा ८,९ र १० का छात्रछात्रालाई ‘साइबर सुरक्षा सम्बन्धित सचेतना’ कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

सामाजिक सञ्जालको प्रयोग गर्दा यौन दुव्र्यवहार, वेचविखन ठगी लगायतका कार्यका साथै विभिन्न अपराधिक कार्य समेत हुनसक्ने सम्भावना भएकाले यसको प्रयोगमा सावधानी अपनाउनु जरुरी रहेको धारणा दिइएको छ।

विराटनगर उपमहानगपालिकाका प्रमुख शिल्पा निराला कार्कीले सामाजिक सञ्जालको प्रयोग अध्ययन, ज्ञानका कुरा आर्जनका लागि प्रयोग गर्नुपर्नेमा जोड आफनो व्यक्त्तिगत विवरण दुरुपयोग हुने सम्वन्धमा सचेत हुनुपर्नेमा ध्यान दिन आग्रह गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रमुख प्रभुप्रसाद ढकालले कार्यपत्र पेश गर्दै सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षित उपायका सम्वन्धमा र दुव्र्यवहार भएमा प्रहरीलाई जानकारी दिन आग्रह गर्नु भयो ।

विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झा , सहजकर्ता इन्जिनियर प्रितम साहले सामाजिक सञ्जालको सही प्रयोग गर्दै अनुमती विना कसैको फोटो तथा विवरण सार्वजनिक नगर्न आग्रह गर्नु भयो ।

विद्यार्थीहरु सुमन राजवंशी र सिसन राईले प्राप्त जानकारीबाट सामाजिक सञ्जालको सुरक्षित प्रयोगका लागि सहयोग पुगेको धारणा राख्नु भएको थियो ।

कार्यक्रममा १५० विद्यार्थीहरुका सहभागिता रहेको थियो ।

प्रतिक्रिया