लघुकथा-टोपी

अरुणबहादुर खत्री “नदी” २०७९ माघ २५ गते १२:१२ मा प्रकाशित

बैंकको नोकरीबाट राजीनामा दिएर लोकसेवा आयोगको परीक्षामा नाम निकालेर सरकारी जागिर खाँदै गरेको रमेश आफूले काम गर्न छाडेको बैंकमा एकदिन विशेष काम परेर गयो । त्यस बैंकमा उसले मैनेजर साहेबसँग भन्यो “मैले यो बैंकमा काम गर्दा हजुरसँग चिनाजानी हुन सकेन । दुई वर्ष काम गरेर छाडेर म नेपाल सरकारको सेवा गर्न पुगे ।” मैनेजर साहेबले “तपाईको नाम के हो नि ? घर कुन ठाउँमा हो ?” भनेर सोध्न पुगे ।

“मेरो नाम रमेश हो र घर झापा जिल्ला हो” रमेशले भन्यो । “सरको घर कहाँ हो नि ?” रमेशले सोध्यो । “मेरो घर पाल्पा हो” मैनेजरले भने । “पाल्पा जिल्ला त सक्कली ढाकाको लागि प्रसिद्ध जिल्ला हो नि खै सरको जिल्लामा प्रसिद्धी कमाएको र राष्ट्रिय गौरवको निशाना ढाका टोपी त हजुरकै टाउकोमा छैन नि ” रमेशले भन्यो । यो सुन्दा मैनेजर साहेब नीलाकाला भए । रमेशले उनलाई ढाडस दिदै थप्यो “शायद अरुलाई ल्याइदिनु पर्ने जिम्मेवारीबाट मुक्त हुन नलगाउनु भएको होला सरले ।”

सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं

प्रतिक्रिया