लघुकथा-दुलाहाको जुत्ता

अरुणबहादुर खत्री “नदी” २०७९ माघ २५ गते २:१३ मा प्रकाशित

जन्ती दुलहीको घरमा पुगेपछि दुलाहाले लगाएको जुत्ता फुकालेर राख्नासाथ दुलहीको बहिनीले जुत्ता लुकाइन् । दुलाहाका साथीहरुले “खै दुलाहाको जुत्ता यहाँबाट कसले लग्यो ?” भनेर कराउँन थाले । “दुलाहाको जुत्ता हामीले लुकाइसक्यौ” दुलहीपक्षले भने । “खै कहाँ लुकाएको हो छिटो ल्याइदिनु प¥यो” दुलाहा पक्षले भने । “जुत्ताको लागि कम्तीमा दशहजार दिनुपर्छ नत्र भने त्यो जुत्ता हामी दिन सक्दैनौ” दुलही पक्षले भने ।

“दशहजारमा त हामीले त्यस्तो जुत्ता तीनजोर सम्म किन पाउछौ हाम्रो दुलाहाको लुकाएको जुत्ता दिने भए देऊ नत्र भए हामी नयाँ जुत्ता किनेर नै ल्याउँछौ” दुलाहातर्फकाले भने । “दशहजार रुपैँया तपाईहरुले दिन सक्नु भएन भने हामी त्यो लुकाएको जुत्ता दिदैनौ विवाहमा लगाएको जुत्ताको मूल्य दशहजार हुन्छ त्यसैले दशहजार दिनुस् जुत्ता लैजानोस् अरु कुरो थाहा छैन” दुलहीतर्फकाले भने ।


“त्यसो भए हामी अहिले नै नयाँ जुत्ता किनेर ल्याएर दुलाहाको खुट्टामा लगाएर लैजान्छौ । त्यो जुत्ता दुलही माइती आउँदा पठाइदिनु” दुलाहा तर्फकाले भने । त्यसमध्ये चतुर दुलाहाको साथी नजिकैको बजारमा गई एकजोर जुत्ता किनेर ल्यायो र दुलाहालाई पहि¥याई दियो । दुलाहासँग पैसा असुल्न कम्मर कसेर लागेका चेलीहरु चित परे ।

सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं

प्रतिक्रिया