पहिरो पिडित बालबालिकालाई न्यानो पउडा वितरण

इनेप्लिज २०७९ माघ २४ गते २०:३४ मा प्रकाशित

वीरेन्द्र रावल

धनगढी,माघ २४÷प्राकृतिक प्रकोपमा परि भगवान भरोसामा विच जंगलमा अव्यवस्थित रुपले बसोबास गरिरहेका सुकुम्बासीका आश्रीत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

कैलालीको चुरे गाउँपालिकाका विभिन्न वडामा पहिरोबाट प्रभावित बन्न पुगेका विस्थापितहरुका बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ ।

चुरे ४ पनेरुगडास्थित शिविरका पहिरोबाट विस्थापित भएका बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको हो ।

जिल्लाको चुरे गाउँपालिका—४ को पनेरु गडा अव्यवस्थित रुपमा बसोबास गर्दै आइरहेका विस्थापित परिवारमा आश्रीत बालबालिकालाई मंगलबार न्यानो कपडा सहयोग गरिएको हो ।

कैलालीका पत्रकार बिरेन्द्र रावलको समन्वयमा अमेरिकाको क्यालिफोर्नीयाको लसएन्जल्समा बस्दै आइरहेका समाज सेवी कृष्ण आचार्य, कुमार खड्का, महेश आचार्य, हरिहर आचार्य, योगेन्द्र अछामी, सरोज रावत, गणेश गुरुङ र एनिस्टेन तिवारीको आर्थिक सहयोगमा १ सय ३ जना जना बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको हो ।

पत्रकार रावलका अनुसार उनीहरुले संकलन गरेर पठाएको ८० हजार रुपैयाँ बराबरको न्यानो लुगा बालबालिकाहरुलाई प्रदान गरिएको हो । पनेरुगडा पुगेर रावलले तीं बालबालिकालाई लुगा हस्तान्त्रण गरेका हुन् । चुरे गाउँपालिका—४ र ६ मा स्थायी बसोबास रहेका दुई सय परिवार २०७७ सालमा पहिरोबाट विस्थापित भएपछि पनेरुगडास्थित चुरे क्षेत्रको जंगलमा बस्दै आएका छन् ।

बालबालिकाल े न्यानो लुगा पाएपछि आफन्त र अविभावक निकै खुशी भएको कुरा पनेरुगडा स्थित बाल शिक्षा पढाईरहेकी शिक्षिका बिमला महराले बताईन । उनले भनिन — बालबालिका जाडोका कारण निकै शास्ती खेप्न बाध्य थिए समुन्द्रपारीबाट सहयोगी हात र दयाुल मनहरुले गरेको सहयोगले उनिहरुलाई ठूलो राहत पुगेको छ ।

शौचालय,कक्षा कोठा लगायतका कुनै पनि सुविधा नभएका कारण बालबालिकाहरु खुल्ला आकाशमूनि कष्टकर जीवन व्यतित गरिरहेको कुरा शिक्षिका बिमलालो बताईन ।

सरकारले विपन्न र बाढी पहिरो पिडितहरुका लागि हालसम्म पनि कुनै सहयोग नगरेकोले सो शिविरका प्रभावित परिवारलाई आवश्यक पुर्नस्थापना र शिक्षा,स्वास्थ्यको व्यवस्थापन गर्नुपर्ने माग शिविरका आम पिडित परिवारको रहेको छ ।

प्रतिक्रिया