एभरेष्ट एजुकेशन फाउण्डेसनले तीन दिने ‘एभरेष्ट कार्निभल’आयोजना गर्दै

इनेप्लिज २०७९ माघ २४ गते २०:२५ मा प्रकाशित

विराटनगर २४ माघ । विराटनगर– ५ स्थित एभरेष्ट एजुकेशन फाउण्डेसनले तीन दिवसीय ‘एभरेष्ट कार्निभल २०७९’ को आयोजना गर्ने भएको छ।

‘उत्कृष्टता नवप्रर्वदन र विकासतर्फको यात्रा’ भन्ने मुल नाराका साथ अघि बढेको एभरेष्टले पहिलो पटक ‘एभरेष्ट कार्निभल’को आयोजना गर्न लागेको हो ।

एभरेष्ट कलेजमा आज आयेजित पत्रकार सम्मेलनमा फाउण्डेसनका संस्थापक तथा प्रिन्सिपल टिकाराम पुरीले यहि माघ २७ वाट २९ गतेसम्म कलेज परिसरमा एभरेष्ट कार्निभलको आयोजना हुने बताउनुभयो । उहाँका अनुसार कार्निभलकै बिचमा दुई दिन अभिभावक दिवस समेत मनाईने छ ।

विद्यार्थीहरुले सिकेका बिषयलाई व्यवहारत उतार्नका निम्ति यो कार्निभल फलदायी हुने विश्वास उहाँले ब्यक्त गर्नुभयो ।

कार्निभलमा विद्यार्थीहरुद्वारा तयार पारिएका ५० भन्दा बढी विज्ञान, गणीत तथा व्यवस्थापन विषयसँग सम्बन्धित परियोजनाहरु प्रर्दशनीमा राखिने कलेजका भाइस प्रिसिन्पल नारायण कडरियाले बताउनुभयो ।

कलेज परिसरमा १८ वटा स्टलहरु राखिनेछन् । ति स्टलहरुमा विभिन्न अन्वेषणात्मक परियोजनाहरुको प्रर्दशनी, कला प्रदर्शनी, मिनि म्युजियम, पुस्तक प्रदर्शनी, विद्यार्थीहरुद्वारा सञ्चालित खानाका स्टलहरु, फेस पेन्टिङ स्टल, एभरेष्ट एचिभमेन्ट ग्यालरीका साथै नोवल अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत रहने उहाँले बताउनुभयो ।

एभरेष्ट कार्निभललाई विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, बुद्धिजीवि र शिक्षा क्षेत्रसँग जोडिने करिब २५ हजार जनाले अवलोकन गर्ने अनुमान फाउण्डेसनको छ ।

विराटनगरमा २०५० सालमा स्थापना भएको एभरेष्ट स्कुलले २०७२ सालदेखि एभरेष्ट कलेज समेत सञ्चालन गर्दै आएको छ ।

प्रविधि, सीप र संस्कारलाई एकसाथ व्यवहारत लागु गर्दै अध्यापन गराउने उद्देश्य बोकेको एभरेष्टले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि आवश्यक भौतिक संरचनाहरु पनि निर्माण गरेको छ ।

प्रतिक्रिया