कोशी अस्पतालमा दुरवीनकोबाट हाडजोर्नी शिल्यक्रिया प्रभावकारी रुपमा सञ्चालन

इनेप्लिज २०७९ माघ २४ गते २०:२१ मा प्रकाशित

विराटनगर,२४ माघ । कोशी अस्पताल विराटनगरले दुरवीनको माध्यमले हाडजोर्नी शल्यक्रिया प्रभावकारी रुपमा सेवा सञ्चलन गरको छ।

सम्वाद समूह प्रदेश नं १ द्वारा आज यहाँ आयोजित ‘कोशी अस्पतालको प्रभावकारी सेवा प्रभावमा पत्रकारको भूमिका’ विषयक छलफल कार्यक्रममा नीजि अस्पतालको तुलनामा न्यून शुल्कमा विरामीलाई गुणस्तारीरुपमा उक्त सेवा अस्पताले उपलव्ध गराएको अस्पतालले दावी गरेको ।

यसैगरी गरी अस्पतालले मृगौलाको विरामीहरुलाई पाँच बटा डाइलोसिस मेसिनबाट सेवा उपलव्ध गराउनुका साथै मृगौलाको वायोप्सी सेवा निशुल्क गरेको जनाएको छ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले अस्पतालले उपकरणको प्रभावकारी प्रयोग गरी सुशासन, पारदर्शी र उत्तरदायित्व कायम गर्दै विरामीहरुलाई गुणस्तर सेवा प्रभाव गर्नुपर्नेमा जोड दिनु भयो ।

अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट डा लक्ष्मीनारायण यादवले चिकित्सकहरुले वहिरङ्ग विभागमा दिनको २ बजेसम्म विरामीहरुलाई सेवा उपलव्ध गराउनुका साथै सुरक्षालाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

उहाँले अस्पतालमा आफ्नो क्षमता अनुसार मधेश प्रदेश र सीमावर्ती भारतीय नागरिकहरुलाई गुणस्तरीय सेवा उपलव्ध गराइरहेको विचार राख्नु भयो ।

अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टाराईले शिक्षण अस्पतालमा मान्यता प्राप्त भएकोमा खुशी व्यक्त्त गर्दै नयाँ भवन निर्माण भइरहेकोले स्थान अभावको कारण विरामीहरुलाई सहज रुपमा सेवा उपलव्ध गराउन समस्या भएको बताउनु भयो ।

अस्पतालका चिकित्सकहरु डा. रोशन खडका, डा गजेन्द्रप्रसाद यादव डा अन्जु देव, डा सुधिर श्रेष्ठ ,हाडजोनि विभाग प्रमुख लजिता योञ्जन, वरिष्ठ नर्सिङ्ग मन्जु यादव र प्रशासक नवराज लुइटेल भौतिक पूर्वाधार र दक्ष जनशक्तिको कमीको कारण सहज रुपमा गुणस्तरीय सेवा उपलव्ध गराउन समस्या भएको बताउनु भयो ।

सम्वाद समितिका सुमन तिमिसिना,डा चन्द्र उपाध्याया,सञ्चारकर्मीहरु गणेश लम्साल, मोहन मानन्धर, तारा आचार्य, अनिल श्रेष्ठ, अनुज श्रेष्ठ, गोकुल पराजुली, राजु अधिकारी र सुमन पुरी लगायतले अस्पतालमा फोहर व्यवस्थापन, सुचनामा सञ्चारकर्मीहरुको सहज पुहँच, गुणस्तरीय सेवा प्रभाव, स्वास्थ्य वीमामा जनताको सहज उपचार लगायतका कार्य अविलम्व गर्नुपर्नेमा सुझाव दिनु भएको थियो।

प्रतिक्रिया